२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा लकडाउन थपियाे, दुई हप्ता लकडाउन गर्ने गृहकाे सूचना



अ+ अ-

काठमाडाैंः कोरोनाभाइरस महामारी अझै नियन्त्रणमा नआएको निष्कर्षसहित भारतले देशभर लगाएको लकडाउनलाई आगामी मे १७ सम्म थप गर्ने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयले एक सूचना प्रकाशन गरी लकडाउन थप गरिएको जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार लकडाउनको अवधिमा सर्वाधिक प्रभाव परेका १३० जिल्लामा अझ कडाई गरिने छ । तर तुलनात्मक रुपमा कम संक्रमण देखिएका जिल्लाहरुलाई वर्गीकरणका आधारमा छुट दिइने गृहको भनाई छ । कोरोनाको उच्च जोखिम रहेका दिल्ली, मुम्बई, पुने, अहमदावाद, हैदरावाद, लखनऊ, इन्दोर र जयपुरजस्ता ठाउँलाई अति जोखिम क्षेत्रमा राखिएको छ । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेश राज्यका १९ जिल्लालाई पनि अति जोखिममा राखिएको छ ।

वल्र्डवोमिटरका अनुसार भारतमा ३५ हजार भन्दा बढीमा कोरोनाभाइरस संक्रमण देखिएको छ भने तीमध्ये १ हजार १५४ जनाको मृत्यु भएको छ । भारतमा ९ हजार ६८ जना निको भएर घर फर्किसकेका छन् ।