९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस्

सहकारीलाई व्यवस्थित गर्न सहकारी ऐन परिवर्तन गर्न तयार छौँः मन्त्री अधिकारी

सहकारीलाई व्यवस्थित गर्न सहकारी ऐन परिवर्तन गर्न तयार छौँः मन्त्री अधिकारी
अ अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई व्यवस्थित गर्नेगरी अघि बढ्न सरकार सहकारी ऐन परिवर्तन गर्न तयार रहेको बताउनुभएको छ ।

नेपाल सहकारी पत्रकार समाजको आयोजनामा बिहीवार भएको संस्थाको १५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालमा कति सहकारीहरु सञ्चालन भइरहेका छन्, कति सहकारी के उद्देश्यले सञ्चालन भएका हुन् भन्नेबारेमा यकिन तथ्यांक नरहेको जिकिर गर्नुभयो । उहाँले दर्ता भएका कतिपय सहकारीहरुको नाम निशान नै नरहेको पनि बताउनु भयो । त्यसलाई नियमन र नियन्त्रण गर्न सरकारले अहिले वचतको सीमा राखेको, ऋणको सीमा राखेको बताउनु भयो । सहकारीमा बेथिति आएकाले केही समय नियन्त्रण गर्नुपर्छ भनेरै सरकार लागेको बताउनु भयो । सहकारी ठिक ठाउँमा आएपछि सहकारी खुला गर्न सकिने बताउनु भयो । आवश्यकताअनुसारको विधि बनाएर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

मन्त्री अधिकारीले भन्नुभयो, ‘हामी कहाँ यथार्थमा भन्नुहुन्छ भने सबैमा सबै किसिमको डाटा छैन । वचत तथा ऋण कारोबार गर्ने पनि को हो, के हो मान्यता थाहा छैन । कसले कुन मापदण्डअनुसार छुट्याएको छ । कुन सोच बनाएर गरेको छ, त्यो पनि छैन । सहकारी यकिन कति छन् भन्नेकुरो त्यो पनि छैन । दर्ता भएको आधारमा जोडेका छौँ । तर कति सञ्चालनमा छन्, थाहा छैन । दर्ता भएका सबै चलेका छैनन् । कोहीको त नाम निशान नै छैन । तर पनि हाम्रो गणनामा छ । अहिले वचतको सीमा राखेका छौँ । ऋणको सीमा बनाएका छौँ । सहकारीमा बेथिति आएकाले केही समय नियन्त्रण गर्नुपर्छ भनेरै ल्याएको हो । जब नियन्त्रण गरेर ठिक ठाउँमा आउँछ । त्यसपछि सहकारीलाई खुला गर्न पनि सकिन्छ । हाम्रो नियमनको पाटो कमजोर भएकाले पनि यो अवस्था सिर्जना भएको हो । उहाँहरुको कमजोरी मात्रै छैन । सबै बसेर सहकारीलाई साँच्चै व्यवस्थित गरौँ भनेर जाने हो भने लैजान सकिन्छ । हाम्रो आवश्यकता के छ ? त्यसअनुसार विधि बनाएर जानुपर्छ । दूरगामी सोचका साथ नीति बनाउने कुरामा जाऔँ । हामी सहकारी ऐन चेन्ज गर्न पनि तयार छौँ । तर परेका कुराहरु फुकाउँदै जाउँ ।’

मन्त्री अधिकारीले अफ्ठ्यारा कुरालाई फुकाउँदै जानुपर्ने अहिलेको आवश्यकता भएको पनि उल्लेख गर्नुभयो ।