२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

९ किलो सुन र ४ करोड २५ लाख रुपैयाँसहित पक्राउ परेका विनोदकुमार श्रेष्ठलाई राजस्व अनुसन्धान विभागमा पठाइयो



अ+ अ-

काठमाडौं । ९ किलो सुन र चार करोड २५ लाख रुपैयाँसहित काठमाडौंमा पक्राउ परेका विनोदकुमार श्रेष्ठलाई प्रहरीले थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बरामद रकम र सुुनसहित श्रेष्ठलाई राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाएको हो ।

श्रेष्ठको कसुर प्रहरीले भन्दा पनि विभागले हेर्ने किसिमको रहेकाले त्यहाँ पठाइएको हो ।

मंगलबार प्रहरीले छापा हानेर ठूलो मात्रामा रकम बरामद गरेको थियो । ठूलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा ४ करोड २५ लाख रकम रहेको खुलेको थियो ।

त्यसैगरी सुनका विभिन्न गरगहनाहरू ९ किलो ८३७ ग्राम बरामद भएको छ । ३ किलो २१८ ग्राम चाँदीका गरगहना बरामद भएका छन् । उक्त रकम, सुनचाँदी सहित प्रहरीले गोरखाको गोरखा बजारका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।

उक्त रकम र सुनचाँदी सहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी गरेको छ ।

काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ ।