४ असार २०८३, बिहीबार
,
Latest
संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्रथामिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने पीरतीले मलाई सांसद र मन्त्री बनायो: महावीर पुन ठाउँठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो ईभी प्रकरणको निष्पक्ष छानबिन नभए आन्दोलन गर्ने एमालेको चेतावनी वागमती प्रदेशमा यातायात क्षेत्रको सुधार र कर छुटको घोषणाः २० वर्षको वक्यौतामा दुई वर्षको मात्र… म्याद समाप्त भएका भोगाधिकारका जग्गा लिजमा रूपान्तरण गर्न सरकारको आह्वान खोटाङमा खेलकुदमा विनियोजित बजेट छानबिन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्डफ्लुको उच्च जोखिमः कुखुराजन्य पदार्थ आयातमा रोक



अ+ अ-

बैतडी। भारतको उत्तराखण्ड राज्यका विभिन्न स्थानमा बर्डफ्लु सङ्क्रमण देखिएपछि नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

बर्डफ्लु भित्रिन नदिन यहाँका सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका प्रमुख गुमानी पन्तले जानकारी दिनुभयो ।

भारतको उत्तराखण्ड राज्यका बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा सङ्क्रमण देखिएपछि सीमाक्षेत्रमा कडाइ गरिएको हो । उहाँले भन्नुभयो, “सीमा जोडिएको जिल्ला भएकाले भित्रिन नदिन सतर्कता अपनाएका हौँ ।”

यहाँको भारतसँग सीमा जोडिएका दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ । केन्द्रले सीमा जोडिएका दशरथचन्द र पञ्चेश्वरलाई उच्च सतर्कता अपनाउन आग्रह गरेपछि यी दुवै पालिकाले सूचना जारी गर्दै सतर्कता अपनाउन सूचना जारी गरेको हो ।

गाउँपालिकाले सूचना जारी गर्दै कुखुरा तथा कुखुराजन्य पदार्थ भित्र्याउने कार्यमा संलग्न रहेमा तथा सूचनाको अवज्ञा गरेमा कानुनबमोजिम कारबाही हुने जनाएको छ ।

बर्डफ्लु कुखुरा र पक्षीको अतिसङ्क्रामक रोग हो । यो जतिबेला जहाँ पनि फैलन सक्दछ । बर्डफ्लु सङ्क्रमणबाट बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने लक्षण देखिन्छन् ।

बिरामी गम्भीर भएमा निमोनिया, श्वासप्रश्वासको समस्या देखिन गइ बिरामीको मृत्युसमेत हुनसक्छ । रासस