४ असार २०८३, बिहीबार
,
Latest
आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछः प्रमुख कोईराला रास्वपा महाधिवेशनका प्रतिनिधि टुंग्याउने तयारी तीव्र, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु कानुन निर्माणको प्राथमिकताबारे श्रममन्त्री यादवसँग मन्त्री गौतमको छलफल सभामुख अर्यालसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट विद्युत् परियोजनामा पारदर्शिता बढाउन सूचनापाटी राख्न ऊर्जा मन्त्रीको सुझाव निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे अधिकार सम्पन्न यातायात प्राधिकरण गठन नभएसम्म सुधार सम्भव छैन ई–पासपोर्ट खरिद प्रकरण: अनुसन्धानको लागि पूर्व परराष्ट्रमन्त्री आरजुलाई पत्र संसदमा शिक्षामन्त्री सस्मित: के के छन् सरकारका प्राथमिकता ? राप्रपाको कार्यसम्पादन समिति बैठक सुरु, महाधिवेशनदेखि निर्वाचन निर्देशिकासम्म छलफल हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणपूर्वी टर्कीमा प्राचीन सिरियाली शिलालेखका १३ खण्डहरू फेला



अ+ अ-

काठमाडौँ। टर्कीको दक्षिणपूर्वी प्रान्त मार्दिनमा सडक निर्माणका क्रममा प्राचीन सिरियाली लिपियुक्त १३ वटा ढुङ्गाका खण्डहरू फेला परेका छन् ।

माथिल्लो मेसोपोटामिया क्षेत्रको बहुसांस्कृतिक सम्पदाका बारेमा नयाँ तथ्यहरू उजागर गर्ने यी अवशेषहरूले ऐतिहासिक महत्त्व राख्ने विज्ञहरूले बताएका छन् ।

स्थानीय अधिकारीहरूकाअनुसार मार्दिनको मिद्यात जिल्लामा नगरपालिकाले जमिन सम्याउने क्रममा गत मंगलवार ती शिलालेखहरू फेला परेका हुन् ।

अवशेष फेला परेपछि मार्दिन संग्रहालय निर्देशनालय र सुरक्षाकर्मीको टोलीले उक्त क्षेत्रलाई संरक्षण र अभिलेखीकरणका लागि आफ्नो नियन्त्रणमा लिएको छ ।

सांस्कृतिक तथा प्राकृतिक सम्पदा अनुगमन मञ्चका प्रमुख तथा टर्कीका पुरातत्वविद् नेजिह बासगेलेनले बुधवार कुरा गर्दै यी शिलालेखहरू लिपि विज्ञानको दृष्टिकोणबाट निकै महत्वपूर्ण रहेको बताउनु भयो ।

संग्रहालयका विज्ञहरूले प्रारम्भिक अध्ययनका आधारमा यी अवशेषहरू १२ औं देखि १४ औं शताब्दीका हुनसक्ने अनुमान गरे पनि बासगेलेनले लिपिको विशेषताका आधारमा यो अझ पुरानो हुनसक्ने उल्लेख गरेका छन् ।

उहाँकाअनुसार यी शिलाखण्डहरू कुनै ऐतिहासिक सिरियाली चर्चका संरचना हुन सक्छन् । ती अवशेषहरू स्थानीय लोककथा र इतिहासमा चर्चा गरिने मोर अडे चर्चसँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ ।

अरामिक भाषा परिवारको शास्त्रीय भाषाका रूपमा रहेको सिरियाली भाषाले ऐतिहासिक रूपमा यस क्षेत्रको साहित्यिक र प्राज्ञिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । युनेस्कोले हाल यसलाई लोपोन्मुख भाषाको सूचीमा राखेको छ ।

माथिल्लो मेसोपोटामियामा अवस्थित मिद्यात क्षेत्र आफ्नो विशिष्ट ढुङ्गे वास्तुकला र सिरियाली सांस्कृतिक सम्पदाका लागि विश्वप्रसिद्ध छ ।सिन्ह्वाको/ न्युज एजेन्सी नेपाल