९ आश्विन २०८१, बुधबार
,
Latest
इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ– ट्रम्प पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा आज फैसला आउला ? साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल मलयालम अभिनेता सिद्दिकीविरुद्ध पक्राउ पुर्जी जारी सुनको मूल्यले १ लाख ६० हजार नाघ्यो मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुन: सञ्चालन बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर? अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान: सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले रातारात किन भेट्दैछन् संवैधानिक निकायका प्रमुखहरु



अ+ अ-

काठमाडौँ

प्रधानमन्त्री केपी ओली केही दिनयता आफ्नो सरकारी निवास बालुवाटार बोलाएरै संवैधानिक निकायका प्रमुखहरु भेट्न व्यस्त छन् । तर उनले सबैजना संवैधानिक प्रमुखलाई भेटेका छैनन् । उनी अर्थपूर्ण रुपमा केही यस्ता पदाधिकारी भेट्दैछन् कि तिनीहरु अहिलेको सत्तारुढ दल नेकपाको शक्ति संघर्ष एवं विवादसँग प्रत्यक्ष रुपमा जोडिएका छन् । यो हेर्दा लाग्छ सत्तारुढ नेकपाकै नेताहरुले प्रधानमन्त्रीको राजीनामा मागिरहँदा उनी राजीनामा दिने नभएर अरु नै त्यस्तै अर्थपूर्ण कदम चाल्दैछन् भन्ने स्पष्ट भान हुन्छ । र यी भेटघाटहरुबाट पनि प्रधानमन्त्री गम्भीर राजनीतिक तथा अन्य कानुनी परामर्शमा व्यस्त छन् र त्यसले सत्ताबाट उनको बहिर्गमन नभएर सत्तामै बसिरहन तथा आफ्नै दलका विपक्षीहरुलाई कमजोर बनाउने खालका खेलमा उनी व्यस्त छन् भन्ने स्पष्ट सन्देश दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक मध्यराती अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसँग भेटघाट गरेका छन् । ओलीले अख्तियार प्रमुखसँग शुक्रबार राति भेटघाट गरेका हुन् । भेटका लागि प्रमुख नविन घिमिरे शुक्रबार राति साढे नौ बजे बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले ३ दिनमात्र अघि प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणासँग भेटघाट गरेका थिए । उनले राणालाई पनि प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर राति १० बजेतिर नै भेटघाट गरेका हुन् ।

सत्तारुढ दल नेकपाभित्रको आन्तरिक किचलोका कारण घेराबन्दीमा परेका ओलीले संवैधानिक अंगका प्रमुखहरुलाई यसरी भेटघाट गर्नुले धेरैमा संका जन्माएको छ । नेकपाभित्र र बाहिर अहिले धेरै विषयमा चर्चा गरिन्छ । ललिता निबासको जग्गा प्रकरण अहिले फेरि उठेको छ । त्यसैगरी माओवादीका तत्कालीन लडाकुको शिविरमा भएको आर्थिक अनियमिताको बारेमा अख्तियारले छानबिन गर्नुपर्ने कुरा पनि अहिले आएर उठाइएको छ । त्यस अनियमिततामा प्रचण्डलगायत माओवादीका नेताहरुलाई दोषी देखाउने गरिएको छ । त्यस्तै यतिखेरै द्धन्द्धकालीन गम्भीर प्रकृतिका अपराधलाई क्षमा दिन नसकिने फैसला पनि सर्वाेच्चबाट आएको छ ।

अर्काेतर्फ पार्टीले उहाँलाई सत्ताबाट निकाल्नेगरी क्रियाकलाप गरेमा प्रधानमन्त्री ओलीले देशमा संकटकाल लगाउन सक्ने अनुमान पनि धेरैले गरेका छन् । यस विषयका चर्चाहरु पनि बेला बेलामा उठ्ने गरेकै छन् । यस्तो बेलामा यी सबै विषयमा प्रत्यक्ष रुपमा जोडिने अख्तियारका प्रमुख आयुक्त तथा प्रधानन्यायाधीशसँगको भेटघाटले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग उत्पन्न गर्न खोजेजस्तो देखिँदैछ ।

यसलाई नेकपाभित्रको पूर्व माओवादी खेमाले अझ बढी मात्रामा प्रधानमन्त्रीले रातारात यसरी संवैधानिक प्रमुखहरुलाई किन भेट्दैछन् भनेर तर्सिएका छन् । कतिपयले यसलाई छोरी कुटेर बुहारी तर्साउने उनको खेल त होइन भन्ने प्रश्न पनि गरेका छन् ।