१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता बस र सिनेमाको टिकट जसरी दिनहुन्नः प्रेम सुवाल



अ+ अ-

काठमाडौँ । नेपाल मजदुर किसान पार्र्टीका सांसद प्रेम सुवालले नेपालको नागरीकता बसको टिकट जसरी दिन नहुने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले नागरीकता सम्बन्धि विधेयकको दोस्रो संसोधनले राम्रो मात्रै होला भन्न नसकिने बताउनुभएको हो ।

खुला सीमाना भएको देश नेपालमा जन्मको आधारमा मात्र नागरिकता दिनुपर्ने विषयमा उहाँले जोड दिनुभयो । उहाँले देशको खुला सीमानाको समस्या समाधान नगरेसम्म नागरिकता सम्बन्धि समस्या समाधान नहुने बताउनु भयो । उहाँले गैरआवसीय नेपाली नागरीकताको बारेमा पुनारावलोकन गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालको नागरीकता बस र सिनेमाको टिकट जस्तै जो सुकैलाई सजिलै दिन हुँदैन । नेपालका आन्दोलनलाई भारतीय शासक वर्गको सहयोग भएको भन्दैमा खुला सीमाना भएको देशमा जन्मको आधारमा नेपाली नागरीकता दिनुपर्ने कानून चाहिन्छ ।’

सांसद सुवालले व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका र उद्योग व्यापारसमेतका लागि वंशजका आधारमा नेपाली नागरिकता आवश्यक हुने व्यवस्था गर्नुपर्नेे जिकिर गर्नुभयो ।




भर्खरै