२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बिरुवा रोप्नुभन्दा हुर्काउनु महत्वपूर्ण’



अ+ अ-

दमौली । निजामती सेवा दिवसको अवसरमा तनहुँमा वृक्षारोपण गरिएको छ । निजामती सेवा दिवस मूल समारोह समितिको आयोजनामा आज व्यास नगरपालिका–११ स्थित सिद्धवराह सामुदायिक वनमा वृक्षारोपण गरिएको हो ।

डिभिजन वन कार्यालय तनहुँको संयोजनमा भएको कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो । मूल समारोह समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले वृक्षारोणको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बिरुवा रोप्नुभन्दा पनि हुर्काउनु महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, निमित्त वन अधिकृत शरदकुमार अधिकारी लगायत कर्मचारीहरुको सहभागिता थियो ।

जिल्लामा यही भदौ १८ गतेदेखि २२ गतेसम्म निजामती सेवा दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । पहिलो दिन डिभिजन वन कार्यालयको संयोजनमा वृक्षारोपण गरिएको छ भने यही भदौ १९ गते प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको संयोजनमा डेङ्ग लगायतका सङ्क्रामक रोग नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम, २० गते कर्मचारी मिलन केन्द्रको संयोजनमा मैत्रीपूर्ण खेलकुद प्रतियोगिता, सोहीदिन मूल समारोह समितिको संयोजनामा कार्यालय परिसर सरसफाई, भदौ २१ गते प्रदेश अस्पताल दमौली तथा सामाजिक विकास कार्यालयको संयोजनमा वृद्धाश्रम, असहायक आश्रममा रहेका वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण तथा सहयोग कार्यक्रम हुनेछ ।

यस्तै भदौ २२ गते मूल समारोह समितिको संयोजनमा प्रभातफेरी, सोहीदिन प्रदेश अस्पताल दमौली, प्रदेश जनस्वास्थ्य कार्यालयको संयोजनमा स्वास्थ्य शिविर, सेवा निवृत्त कर्मचारीहरुको सम्मान तथा औपचारिक समारोह र सबै कार्यालयहरुमा पहिलो सेवा लिन आउने सेवाग्राहीलाई सम्मान कार्यक्रम गरिने जनाइएको छ । रासस