२९ भाद्र २०८३, सोमबार
,
Latest
महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर पीडामा साथ दिने संस्कारलाई पर्वको अभिन्न हिस्सा बनाऔँ: पूर्वराष्ट्रपति भण्डारी युद्धका बाबजुद पनि दुबईसँग इरानको आर्थिक सम्बन्ध तोड्न कठिन एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिवालय बैठक सुरु, भैँसेपाटी गठबन्धनमा ओलीको धावा !



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । यसअघि प्रधानमन्त्री केपी ओली राष्ट्रपति निवास शीतल निवास गएकोले निर्धारत समय साढे पाँच बजेभन्दा केही ढिला बैठक सुरु भएको छ ।

नेकपाभित्रको आन्तरिक किचलो भएका बेला यस बैठकलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ । यो बैठकमा नेकपा विवादको टुंगो लाग्ने भनिएको छ । यसअघिको बैठकले आजका लागि निर्णायक भनेको थियो । यसैबीच अघिल्लो बैठकको भन्दा आजको बैठकको परिस्थिति फेरिएको छ ।

अघिल्लो बैठकमा प्रधानमन्त्री ओली अल्पमतमा थिए । यसअघि भैँसेपाटी गठबन्धन भनेर चिनिएको बैठकमा सहभागी भएका विष्णु पौडेल र बामदेव गौतम पनि आज ओलीतिर लागेको बुुझिएको छ । यसका कारण आजको बैठकमा ओली बहुमतमा हुने देखिएको छ ।

अघिल्लो बैठकपछि प्रधानमन्त्री ओलीको निकै दौडधुप र भेटघाटले गर्दा बामदेव र विष्णु पौडेललाई पनि आफ्नो पक्षमा ल्याउन सफल भएका थिए । त्यसैले भैँसेपाटी गठबन्धनमा ओलीले धावा बोलेको सर्वत्र चर्चा छ । अब प्रचण्ड र माधव नेपाल समूह अल्पमतमा परेको स्राेतकाे भनाइ छ ।