९ आश्विन २०८१, बुधबार
,
Latest
इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ– ट्रम्प पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा आज फैसला आउला ? साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल मलयालम अभिनेता सिद्दिकीविरुद्ध पक्राउ पुर्जी जारी सुनको मूल्यले १ लाख ६० हजार नाघ्यो मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुन: सञ्चालन बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर? अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान: सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थायी समितिको बैठककाे औचित्य समाप्त, सचिवालयको निर्णय अनुमोदन मात्र गर्ने सहमति



अ+ अ-

काठमाडाैंः  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय को बैठकले बैशाख २५ गते सचिवालयको बैठक बोलाउने निर्णय गरेको छ । पार्टी भित्र हाल देखिएको विवादलाई स्थायी समितिमा छलफल गर्नुपर्ने आवश्यक परे केन्द्रीय समितिको बैठक बोलाउन माग गर्दै बहुमत सदस्यहरुले हस्ताक्षर अभियान समेत सञ्चालन गरेका थिए ।

सचिवालयले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेपनि सचिवालयमा भएको निर्णयका बारेमा औपचारिक जानकारी दिन र यी निर्णयलाई अनुमोदन गराउन मात्र सचिवालयको बैठक बोलाउन लागिएको स्रोतले जनाएको छ । नेताहरुबीच बढेको दुरी कम भएको अवस्थामा स्थायी समितिको बैठक लम्याउँदा झन विवाद छताछुल्न हुने भन्दै सचिवालयको निर्णयलाई अनुमोदन गराउन मात्र बैठक बोलाउन लागिएको हाे ।

स्रोतका अनुसार पार्टी विभाजन नै हुन्छ कि भन्ने जस्तो अवस्थामा पार्टी महासचिव बिष्णु पाैडेलले अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल सहित अन्य नेताहरुसँग खेलेकाे समन्वयात्मक भूमिकाका कारण समस्या समाधानका लागि सहज भएको हो ।

शनिबारको बैठकमा पनि गुटगत भेलाहरु भएको भन्दै नेताहरुले आत्मालोचना गरेको अवस्थामा विवाद बढ्न नदिने भन्दै नेताहरुले पार्टी सदस्यहरुलाई एकताको सन्देश प्रवाह गर्न निर्देशन समेत दिएको छ ।