३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीले दिए यस्तो शुभकामना…



अ+ अ-

काठमाडौँ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले नागरिकको सुसूचित हुने अधिकारलाई सहजीकरण गर्ने अधिकार नै प्रेस स्वतन्त्रता भएको बताएका छन् । प्रवक्ता डा. खतिवडाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा (मे ३) शुभकामना दिँदै भनेका छन्, “यद्यपि, प्रेस स्वतन्त्रता असीमित र निरपेक्ष हुन सक्दैन । यसका निश्चित दायित्व र सीमाहरू हुन्छन् । ” उनले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएको चर्चा गर्दै नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको स्मरण पनि गरे । उनले सन्देशमा भनेका छन्, “नेपालको संविधानमा सर्वसाधारण नागरिकको अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको हक सुनिश्चित गरिएको छ । ”
 

सन्देशमा यी अधिकारहरूलाई सहजीकरण गर्न सञ्चारमाध्यमलाई सूचनाको खोजी गर्ने छुट हुने उल्लेख गर्दै भनिएको छ, “प्रकाशन/प्रसारण गर्ने, राज्यका निकायहरूको काम कारबाहीलाई निगरानी राख्ने छुट दिइएको हुन्छ, जसलाई हामी प्रेस स्वतन्त्रता भन्छौँ । ” उनलेले कोरोना भाइरस (कोभिड–१९) पछि बन्दाबन्दीको असहज अवस्थामा पनि जनतालाई सुुसूचित गर्न खटिएका पत्रकार तथा सञ्चारकर्मीको योगदानको उच्च प्रशंसा गरेका छन् । उनले व्यावसायिक धर्म निर्वाह गर्दा जीवन गुमाउनुहुने सञ्चारकर्मीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै आएका सबैमा हार्दिक धन्यवादसमेत व्यक्त गरेका छन् ।
 

हरेक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घीय महासभाले सन् १९९३ देखि विश्व प्रेस स्वतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।