१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराई–मधेसमा सर्पदंशका घटना बढे



अ+ अ-

तराई–मधेसका जिल्लाहरुमा सर्पदंशका घटना बढ्दै गएका छन् ।

सर्पदंशका बिरामीको संख्या दैनिक रुपमा बढ्दै गएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ । दैनिक पाँच÷छ जना सर्पदंश बिरामीहरु अस्पताल आउने गरेको प्रादेशिक अस्पताल जनकपुरका आपतकालिन सेवा कक्ष प्रमुख उज्वल झाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार २०८० चैतदेखि हालसम्म एक हजार एक सय १५ जना सर्पदंशका बिरामी अस्पताल पुगेका छन् । तीमध्ये ६० जनामा विषालु सर्पको टोकाइ पुष्टि भएको छ । यद्यपि समयमै अस्पताल पुग्ने गरेका कारण सर्पदंशका कारण हुने मृत्युदरमा कमी आएको उहाँको भनाइ छ । हालसम्म प्रादेशिक अस्पतालमा सर्पदंशका कारण सात जनाको मुत्यु भएको झाले जानकारी दिनुभयो ।

वर्षा र गर्मीको समयमा सचेत रहन तथा सर्पले टोकिहाले नजिकैको स्वास्थ्य संस्थामा पुग्न स्वास्थ्यकर्मीको आग्रह छ ।




भर्खरै