५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

25.27°C

काठमाडौं

25.27°C

Kathmandu

Feels-like: 25.34

Wind: 5.14

Humidity: 57

Latest
प्रधानमन्त्री ओलीबाट भरतपुरमा ६ लेनको सडक उद्घाटन गण्डकी सरकारले विपद् उद्धारका सामग्री एकद्वार प्रणालीमार्फत हस्तान्तरण गर्ने तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई उपचारका लागि रिहा गर्ने तयारी सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुुस्: प्रधानमन्त्री राज्य व्यवस्था समितिमा अख्तियारसम्बन्धी विधेयकको खोजि संघीय निजामती विधेयकः अतिरिक्त सचिव र ‘कुलिङ पिरियड’को अवधिमा सहमति जुटाउन सकस सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस सिक्किममा निश्चललाई स्वर्ण जापानसँगको व्यापार सम्झौताप्रति ’अत्यन्त आशावादी’: जापानका लागि अमेरिकी राजदूत नेपोनको अध्यक्षमा पाण्डे चयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोनाबाट ४० हजार संक्रमित, मृतकको संख्या १३ सय



अ+ अ-

नयाँदिल्ली । देशव्यापी लकडाउन गरिए पनि भारतमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या दिनदिनै बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ८३ जनाको मृत्यु भएको छ भने २ हजार ६४४ जना संक्रमित भेटिएका छन् ।

भारतमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३०१ जना पुगेको छ भने संक्रमितको संख्या ३९ हजार ९८० जना पुगेको भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल भारतमा कोरोना संक्रमितमध्ये १० हजार ६३३ जना निको भएका छन् । कूल संक्रमितमध्ये २८ हजार ४६ जना उपचारकै क्रममा रहेका छन् ।

भारतीय राज्य महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित देखिएका छन् । प्राप्त विवरण अनुसार त्यहाँ संक्रमितको संख्या १२ हजार २९६ पुगेको छ भने ५२१ जनाको मृत्यु भएको छ । 

गुजरातमा ५ हजार ५४ जना संक्रमित भएका र २६२ जनाको मृत्यु भएको छ । राजधानी नयाँदिल्लीमा ४ हजार १२२ जना संक्रमित भएका मध्ये ६४ जनाको ज्यान गएको छ । एक हजार २५६ जनाको उपचार गरिएको छ ।

 त्यसैगरी मध्यप्रदेशमा २ हजार ८४६ जनामा कोरोना पोजेटिभ देखिएकामा ६२४ जना ठीक भएका र १५१ जनाको ज्यान गएको छ । उत्तर प्रदेशमा ४३ जनाको मृत्यु भएको छ जहाँ २ हजार ४८७ जनामा कोरोना देखिएकामा ६८९ जना निको भएका छन् । 

भारतमा पहिलो पटक कोरोना देखिएको केरला राज्यमा ४९९ जनामा कोरोना संक्रमण देखिएको छ । 

भारतमा आगामी मे १७ तारिखसम्म लकडाउन घोषणा गरिएको छ ।

तर कोरोना संक्रमणको आधारमा मुलुकलाई अति प्रभावित, सामान्य र कोरोना संक्रमण नदेखिएका क्षेत्रमा वर्गीकरण गरी लकडाउनलाई खुकुलो पारिने भारतीय गृह मन्त्रालयले जनाएको छ ।