२९ भाद्र २०८३, सोमबार
,
Latest
महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान च्याउ टिप्न घरबाट निस्किएका युवक छ दिनदेखि बेपत्ता घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर पीडामा साथ दिने संस्कारलाई पर्वको अभिन्न हिस्सा बनाऔँ: पूर्वराष्ट्रपति भण्डारी युद्धका बाबजुद पनि दुबईसँग इरानको आर्थिक सम्बन्ध तोड्न कठिन एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतसँगको सीमामा आवातजावतमा थप कडा पार्न प्रधानमन्त्रीको निर्देशन



अ+ अ-

सीमामा कडाई काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमामा आवातजावतमा थप कडा पार्न पनि निर्देशन दिनु भएको छ ।आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले ‘नाकाहरू सिल भएको अबस्थामा पनि लुकिछिपी मान्छेहरू आइरहेका कारण दुबै देशका समकक्षी अधिकारीहरूसँग कुरा गरेर सीमामा थप कडाइ गर्न निर्देशन  दिनु भएको हो ।  

भारतमा कोरोना सक्रमितको संख्या बढ्दै गएको र सीमामा रहेका नागरिकलाई फर्काउन खोन्दा अन्य ब्यक्ति पनि आउने जटिल अबस्था रहेको हुदा सीमामा कडाई गर्न र सीमा पारी रहेका नागरिकलाई भारत सरकारसंग समन्वय गरी ब्यबस्थापन गर्न प्रधानमन्त्रीले गृहमन्त्रालयलाई निर्देशन दिनुभएको एक मन्त्रीले जानकारी दिनुभयो । 

प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमण रोक्न र मृत्युदर शुन्यमा झार्ने एउटै विकल्प लकडाउन भएकाले त्यसको कडाइसाथ पालना गराउनु पर्ने बताउनुभयो । ‘अहिलेसम्म नेपालमा कोरोनाभाइरसबाट कसैको मृत्यु भएको छैन। हामीले संक्रमण शुन्यमा झार्ने पनि लकडाउन पालना गरेरै हो,’ यसैलाई पूर्णरुपमा कार्यन्वयन गरौ प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद्का सदस्यहरु लाई निर्देशन दिनुभयो । चैत्र ११ गते बाट सुरु भएको लकडाउन बैशाख २५ गते सकिदैछ । मन्त्री परिषद्को बैठकमा निकै उत्साहित हुदै प्रधानमन्त्री ओलीले पार्टी भित्रको समस्या समाधान भै सकेको जानकारी गराउदै उच्च मनोबलका साथ काम गर्न मन्त्रीहरुलाई निर्देशन समेत दिनुभएको थियो ।