२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित

आरोपहरू राजनीतिक षड्यन्त्र, मेरो काम बालसंरक्षणमा समर्पित: उपसभामुख राना

आरोपहरू राजनीतिक षड्यन्त्र, मेरो काम बालसंरक्षणमा समर्पित: उपसभामुख राना
अ अ+ अ-

काठमाडौँ: प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेका मानव बेचबिखनका आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै पूर्णरूपमा खारेज गर्नुभएको छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले संवैधानिक परिषद्मा नेपाली काँग्रेसको प्रतिनिधित्व नहुनु र आफ्नो विपक्षी भुमिकाका कारण यस्ता आरोपहरू लगाइएको बताउनु भयो । उहाँले यी आरोपहरूले आफूलाई विचलित नगर्ने र अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘संवैधानिक परिषद्मा काँग्रेसको कुनै प्रतिनिधि नहुनु र म विपक्षी सदस्य भएकाले ठूला दलहरूले बहुमत सिद्ध गर्न मलाई हटाउन खोजेका हुन्’ उहाँको दृढ अडान छ ।

नेकपा एमालेका सांसद योगेश भट्टराईले लगाउनुभएको ‘मानव बेचबिखन’को आरोपलाई उहाँले आधारहीन भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘बेचिएका भनिएका बच्चाहरूले एक वर्षअगाडि नै मिडियामा आएर स्पष्ट पारिसकेका छन् । यो आरोप भट्टराईले बिना अध्ययन लगाउनुभएको हो ।’ उहाँले आफ्नो संस्था पीए नेपालले जेलमा परेका अभिभावकका बच्चाहरूलाई ट्रान्जिट संरक्षण र हेरचाह मात्र प्रदान गरेको प्रष्ट्याउनु भयो । ‘हामी गरीब परिवारका बच्चाहरूलाई हेरचाह गर्छौं, शिक्षा दिन्छौं तर बेचबिखन होइन’ उहाँको स्पष्टोक्ति छ।

आरोपहरूको खण्डनका लागि बच्चाहरू र अभिभावकहरू नै मुख्य प्रमाण भएको उहाँले बताउनु भयो । ‘बच्चाहरू नै मिडियामा बोलेर स्पष्ट पारिसकेका छन् । नेताहरूले बच्चा वा अभिभावकसँग सोध्नुपर्छ, तर बच्चाहरूको गोपनीयतामाथि राजनीति गर्नु संगीन अपराध हो ।’ उहाँले थप्नुभयो, ‘यो राजनीति नै हो, नत्र यो विषय पहिल्यै सुल्झिसक्थ्यो। अभिभावकका ठेगाना हामीसँग छन्, सोध्न सकिन्छ । मैले संस्था छोडिसकेँ, तर बच्चाहरूले ‘आमा’ भन्दा भेट्न जान्छु । म सञ्चालक मात्र होइन, आमा बनेर हुर्काएकी हुँ ।’

उहाँले सरकारका गठबन्धन दलहरू काँग्रेस र एमालेले संवैधानिक परिषद्को नियुक्तिमा अप्ठ्यारो भएकाले आफूलाई हटाउन खोजेको दाबी गर्नुभयो । ‘मेरो राजीनामा माग्ने कुनै आधार छैन । मैले बालबेचबिखन रोक्न नै काम गरेकी हुँ’ उहाँले भन्नुभयो । अमेरिकी दुतावासलाई लेखिएको भनिएको चिठीको विषयमा उहाँले भन्नुभयो, ‘एम्बेसीबाट रिकमेन्ड मागिएको थियो तर मैले चिठी तयार गरे पनि फरवार्ड गरिनँ । यो रजिस्टर भएको छैन, अमेरिका पुगेको छैन ।’ उहाँले तत्कालीन पार्टी महामन्त्री मुकुल ढकाललाई जानकारी दिएको र तत्कालीन गृहमन्त्री रवि लामिछाने हुँदा गरिएको छानबिनमा केही नभेटिएको बताउनु भयो ।

आरोपहरूको प्रहार आफूमाथि व्यक्ति, महिला, जनजाति वा हक्की स्वभावका कारण भएको हो कि भन्नेमा स्पष्टता नभएको बताउनु भयो । ‘यो प्रहार म, मेरो पार्टी वा समग्रमा भएको हुनसक्छ । यो सरकारले बुझ्ने कुरा हो’ उहाँको भनाइ छ। राजनीतिक प्रतिशोधबारे उहाँले भन्नुभयो, ‘प्रतिशोधले देश अघि बढ्दैन । प्रतिपक्षको भावना बुझेर जनमुद्दाहरू– स्कुल, बाटोघाटो– मा छलफल गर्नुपर्छ ।’

आफ्नो ३५ वर्षको बालसंरक्षण कार्यलाई कलंकित नबनाउन आग्रह गर्नुभयो । ‘मैले ट्राफिकिङ रोक्न र शिक्षामार्फत परिवर्तन ल्याउन काम गरेँ । राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार पाएकी मलाई बच्चाजस्तो व्यवहार गर्नु राम्रो होइन ।’उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीको आरोप लाग्ने बित्तिकै पद निलम्वन हुनुहुँदैन भन्ने भनाइलाई समर्थन गर्दै भन्नुभयो, ‘सरकारले लोकतन्त्रको अनुभूति हुनेगरी काम गर्नुपर्छ ।’