२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरक क्षमता भएकी २७ वर्षीया पन्थलाई निवासमै नागरिकता



अ+ अ-

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले फरक क्षमता (अपाङ्गता) भएलाई निवासमा नै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गर्ने कार्यलाई जारी राखेको छ ।

यसक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले आइतबार व्यास नगरपालिका–११ का मिनानाथ पन्थ र पवित्रादेवी पन्थकी फरक क्षमता भएकी छोरी २७ वर्षीया सविना पन्थलाई निवासमै नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभयो ।

विविध कारणवश हालसम्म नागरिकता प्राप्त नगर्नुभएकी सविनालाई नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ अधिकारीले जानकारी दिनुभयो ।

सविनाको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयमा तयार गरिएको थियो । प्रमुख जिल्ला अधिकारी अधिकारीले भन्नुभयो, “ छिटो, छरितो र सहुलियत ढङ्गले सेवा प्रवाह गर्नु हाम्रो कर्तव्य हो, सविना अपाङ्गता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर नागरिकता दियौँ । यस्ता कार्यले सरकारप्रतिको भरोसा र सकारात्मक धारणा थप अभिवृद्धि भएर जाने छ । ”

यसअघि प्रजिअ अधिकारीले गत साउन ६ गते म्याग्दे गाउँपालिका–१ गुणादी निवासी फरक क्षमता भएकी २० वर्षीया नविना खनाललाई उहाँको निवासमै नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।