१५ भाद्र २०८३, सोमबार
,
Latest
पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु त्रिशूली पारीको भूभाग सडक सञ्जालमा जोडियो पनौती नगरपालिकाले बाढी प्रभावितलाई ३० लाख सहयोग गर्दै विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगर्ने पत्रपत्रिकाले लोककल्याणकारी विज्ञापनको रकम नपाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा मध्यराति भूकम्प, कम्तिमा २० जनाको मृत्यु



Photo : BBC
अ+ अ-

काठमाडौं । अफगानिस्तानमा गएराति आएको शक्तिशाली भूकम्पमा कम्तिमा २० जनाको मृत्यु भएको छ ।

पाकिस्तानको सीमा नजिकै अफगानिस्तानको पूर्वी क्षेत्रमा स्थानीय समयानुसार मध्येराति ११ बजर ४७ मिनेटमा ६ दशमलव ० म्याग्नुच्यूडको भूकम्प गएको हो ।

भूकम्पमा १ सय १५ जनाभन्दा बढी घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको सरकारी अधिकारीहरुले बताएका छन् ।

घाइतेहरूको नंगरहार र कुनार प्रान्तका अस्पतालहरूमा उपचार भइरहेको छ ।

८ किमि (५ माइल) गहिराइको भूकम्पपछि कम्तिमा तीनवटा पराकम्पन आएका छन्, जसको तीव्रता ४.५ देखि ५.२ सम्म रहेको छ।

एएफपीका अनुसार, केही सेकेन्डसम्म भूकम्पले अफगानिस्तानको राजधानी काबुल (करिब २०० किमि टाढा) र पाकिस्तानको राजधानी इस्लामाबाद (करिब ४०० किमि टाढा) समेत हल्लाएको थियो ।

प्रभावित प्रान्तहरू दुर्गम र कठोर भूभाग भएकोले मृतक संख्या अझै बढ्ने अनुमान गरिएको छ । ती क्षेत्रका घरहरू सामान्यतया: भूकम्प प्रतिरोधी छैनन् ।

तालिबान सरकारका अधिकारीहरूले दुर्गम हिमाली क्षेत्रमा उद्धार कार्यका लागि सहायता संगठनहरूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

बाढी र भूकम्पपछि आएका पहिरोका कारण प्रभावित क्षेत्रमा जाने सडकहरू बन्द रहेका कुनार प्रान्तका प्रहरी प्रमुखले बीबीसीलाई जानकारी दिएका छन् ।

उनका अनुसार, उद्धार कार्य हवाई मार्गमार्फत मात्र गर्न सकिने अवस्था छ । तालिबान अधिकारीहरूले आफ्ना स्रोत सीमित भएको भन्दै प्रभावित क्षेत्रमा पुग्न अन्तर्राष्ट्रिय संस्थाहरूलाई हेलिकोप्टर उपलब्ध गराउन आग्रह गरेका छन् ।

भूकम्पको निगरानी गर्ने अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीसी) ले यो भूकम्पमा सयौँ मानिसको मृत्यु हुन सक्ने अनुमान गरेको छ ।