काठमाडाैं
काेराेनाभाइरस (कोभिड—१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटीका विषयमा साेमबार छलफल गरेको छ ।
सिंहदरबारमा बसेको समन्वय समितिकाे बैठकमा बैशाख २५ गतेपछि लकडाउनको मोडालिटी कस्तो हुने भन्ने विषयमा छलफल भएको थियाे । पछिल्ला दिनहरुमा तराईका जिल्लामा संक्रमणको बढ्दो अवस्थामा रहेको र परीक्षण पनि व्यापक भइरहेको अवस्थालाई मध्यनजर गर्दै वैशाख २५ गतेपछि लकडाउन कस्तो हुने भन्ने विषयमा बैठकमा छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्तिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले कोभिड—१९ रोकथामका लागि अहिलेसम्म भएका प्रयास र आगामी दिनमा लकडाउनको अवस्था कस्तो हुने भन्ने विषयमा छलफल भएको जानकारी दिए । स्थानीय तहहरुसँग समन्वय गरी अब कसरी जाने भन्ने विषयमा मंगलबारको बैठकले निर्णय गर्न सक्ने उनले बताए ।
अहिले लकडाउनका विषयमा आन्तरिक गृहकार्य र विश्लेषण्को कार्य जारी रहेको उल्लेख गर्दै सचिव विडारीले मंगलबार समितिले लकडाउनको मोडालिटीका विषयमा मस्यौदा तयारी गरी सरकारलाई दिन सक्ने जानकारी दिए । समितिको मस्यौदा अध्ययन गरी सरकारले निर्णय लिने उनेकाे भनाई छ । सरकारले पछिल्लो समय थप गरेको लकडाउनको अवधि बैशाख १५ गते सकिँदैछ ।








