काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। मंगलबार भेरी अस्पताल, नेपालगञ्जमा भएको परिक्षणमा ७ जना नयाँ संक्रमित थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको हो । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज–८ का २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्।
मन्त्रालयका अनुसार उनीहरु स्वास्थ्य अवस्था सामान्य रहेको छ। नेपालमा हालसम्म १६ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्।








