९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

मानव मिर्गौला बेचविखनमा संलग्न ७ जनाको गिरोह पक्राउ

मानव मिर्गौला बेचविखनमा संलग्न ७ जनाको गिरोह पक्राउ
अ अ+ अ-

मानव अंग मिर्गौला बेचविखनमा संलग्न ७ जनाको गरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी मानव अनुसन्धान बेचविखन ब्युरोले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।

भारतको नयाँ दिल्लीमा बसेर सो गैरकानूनी कार्यमा नायिकेको भुमिका निर्वाह गरिरहेका सिन्धुपाल्चोकका श्यामकृष्ण भण्डारीलाई महेन्द्रनगरबाट र उनको सहयोगीको रुपमा रहेका सुजन भारतीलाई वीरगञ्जबाट पक्राउ गरी संगठित अपराध अन्तर्गत कारबाही अघि बढाइएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिनुभयो । सो गिरोहले पैसाको प्रलोभनमा पारेर काठमाडौं, नुवाकोट, काभ्रपलाञ्चोक, धादिङलगायतका सर्वसाधारणलाई भारतको नयाँ दिल्ली गरेर गैरकानूनी रुपमा मिर्गौला झिकी विक्री गर्ने गरेको पाइएको पनि प्रहरीले जनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक पंगेनीले भन्नुभयो, ‘गत साउनको २० गते ३ जना प्रतिवादीहरुलाई पक्राउ गरेर यो मुद्दा शुरुवात गरेका थियौ । र त्यही सिलसिलामा ५ जना मिर्गौला पीडितहरुले हामी कहाँ जाहेरी दिईसक्नुभएको छ । र यो समूह कहाँबाट परिचालित छ भनेर बुझ्दाखेरी भारतको दिल्लीमा नेपालीको अंग झिक्ने र त्यहीबाट अंगको कारोबार गर्ने भन्ने हामीले अनुसन्धानको क्रममा सूचना पायौं । त्यसपछि हामी अपरेशन शिल्ड भनेर एउटा गैर कानूनी अंग प्रत्यारोपण अथवा गैर कानूनी अंग झिक्नेहरुको जीवन रक्षा भनेर त्यसको अपरेशन अघि बढायौं । यसमा हालसम्म हामीले ४ वटा मुद्दा दर्ता गरिसकेका छौं । र त्यसमा संगठित रुपमा कानून विपरित मानव अंग झिकी मानव बेचबिखन, ओसार पसार गरेको कसुरमा हामीले म्याद थप गरेर अनुसन्धान अगाडि बढिरहेको अवस्था छ । र हामीले संगठित अपराध ऐनलाई आकर्षित गराएर त्यसैमा म्याद थप गराएको अवस्था छ । यसमा हामीले काठमाडौं, नुवाकोट, काभ्रेपलाञ्चोक जिल्लाहरुबाट विभिन्न व्यक्तिहरुलाई इण्डिया लगेर त्यहाँ मानव अंग झिक्ने कार्यमा ३ जना पहिले नै पक्राउ परिसकेका थिए भने अहिले पछिल्लो समय २ जना श्यामकृष्ण भण्डारी र सुजन भारती भन्ने इण्डियाबाट काम गरिरहेको र उनीहरुले यो काममा सबैलाई परिचालन गरिरहेको भन्ने पाइयो । भण्डारी सुनकोशी गाउँपालिका वडा नम्बर ७ सिन्धुपाल्चोक घर भएर लामो समयदेखि इण्डियाको दिल्लीमा बसेर काम गर्ने गरेका वर्ष ३८ का हुन् । र अर्को इन्द्रावती गाउँ पालिका २ सिन्धुपाल्चोक घर भएर भारत दिल्लीमा भण्डारीको सहयोगीको रुपमा काम गर्ने गरेका वर्ष २९ का सुजन भारती भन्ने दुई जना प्रतिवादीमध्ये हामीले श्यामकृष्ण भण्डारीलाई महेन्द्रनगर एरियाबाट र सुजन भारतीलाई बीरगंज एरियाबाट पक्राउ गर्न सफल भएका छौं । हिजो र अस्तीका दिनमा । उनीहरुलाई पनि हामीले यही मुद्दामा संगठित अपराधमा नै म्याद थप गरेको अवस्था छ । यस क्रममा नेपालको विभिन्न जिल्लाहरु जस्तो काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, धादिङलगायतका जिल्लाहरुमा रहेका सोझा मानिसहरुलाई गरिवीको फाईदा उठाएर पैसाको प्रलोभन देखाएर मृर्गौला विक्री गर्न प्रोत्साहित गरेको पाईन्छ । अनुसन्धानको क्रममा सो गिरोहका ७ जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।’

सो गिरोहलाई संगठित अपरोध ऐन अन्तर्गत कारबाही प्रारम्भ गरिएको पनि प्रहरीले जनाएको छ । सो ऐन अन्तर्गत मानव बेचविखन र गैरकानूनी रुपमा अंग बेचविखनमा संलग्नलाई १० वर्ष कैद र २ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको पनि प्रहरी वरिष्ठ उपरीक्षक पंगेनीले बताउनु भयो ।