२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित

रुपन्देही-३ उपनिर्वाचन, रास्वपाबाट डा लेखजंग थापा उम्मेदवार

रुपन्देही-३ उपनिर्वाचन, रास्वपाबाट डा लेखजंग थापा उम्मेदवार
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही निर्वाचन क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि डा लेखजंग थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

रास्वपाको आज बसेको सचिवालय बैठकले डा थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । डा लेखजंग थापा वरिष्ठ न्युरोलोजिष्ट हुनुहुन्छ ।

यसअघि डा थापासँगै कुसुम महर्जन, मधु अर्याल, सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवालले प्रारम्भिक उम्मेदवारका रुपमा दावी पेस गर्नुभएको थियो ।

आकाङ्क्षी सबै प्रत्यासीसँग रास्वपा नेतृत्वले एकल तथा सामूहिक छलफल र अन्तर्वार्ता लिएको थियो । रास्वपाका सबै प्रत्यासीहरुले आजै ललितपुरस्थित नख्खु कारागार पुगेर पार्टी सभापति रबि लामिछानेसँग भेट गरेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं सांसद दीपक बोहराको निधन भएपछि आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नं. ३ मा उपनिर्वाचन हुन लागेको हो ।

को हुन् डा लेखजंग थापा ?

भैरहवाको सि.न.पा.-९, अञ्चलपुरमा जन्मिएका डा. लेखजंग थापा वरिष्ठ न्युरोलोजिष्ट, अभियन्ता र सामाजिक व्यक्तित्व हुन् । नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभावान चिकित्सक हुन् ।

पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका डा. थापा अमेरिकाको प्रसिद्ध हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् ।

एक विद्वान चिकित्सकको छबि बनाएका डा. थापा अनुसन्धानकर्मी समेत हुन् । उनका ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् । जसले अन्तर्राष्ट्रिय जगतमा उनको बेग्लै पहिचानसमेत बनाएको छ ।

नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका डा. थापाले स्ट्रोकको उपचार, निदान र सचेतनामा अतुलनीय योगदान पुर्याएका छन् । उनकै टीमको पहलमा बनाइएको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकलसमेत केही दिन अघि जारी भएको छ । जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेसमेत स्वीकृत गरेको छ । यो प्रोटोकल नेपालको स्ट्रोक उपचार व्यवस्थापनमा कोशेढुंगा बन्ने निश्चित छ ।

अन्तर्राष्ट्रिय जगतको समेत विश्वास जितेर अलग्गै पहिचान बनाएका डा. थापाले आफ्नै पहलमा नेपालका हजारौँ चिकित्सक,नर्स र स्वास्थ्यकर्मीहरुलाई ‘स्ट्रोक मास्टर क्लास’ मार्फत स्ट्रोकको पहिचान, उपचार र सचेतनासम्बन्धि तालिम दिँदै आएका छन् । यसरी मृत्युको दोस्रो कारणका रुपमा रहेको स्ट्रोकको प्राथमिक उपचारलाई नेपालको दुरदराजमा पुर्याउन उनको ठूलो योगदान छ ।

प्रेरणादायी युवा अभियानकर्ताको बेग्लै परिचय बनाएका डा. थापाले युवाहरुमा उत्प्रेरणात्मक इनर्जी भर्दै आएका छन् । उनी काठमाडौंको व्यस्त जीवनशैलीलाई छल्दैं डेढ दशकयता हप्ताको दुई दिन जन्मभूमी भैरहवा पुगेर बिरामी सेवाको गर्दै आएका छन् । साथै, हेल्थ क्याम्पद्वारा रुपन्देहीका विभिन्न ठाउँमा उनले स्वास्थ्य सेवा दिँदै आएका थापाले यहाँका सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति कोषसमेत स्थापना गरेका छन् ।

समाज परिवर्तनको हुटहुटी बोकेका डा. थापा रुपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको एक प्रारम्भिक उम्मेदवार हुन् । रोगको उपचारमा तल्लीन डा. थापा अब देशको उपचार गर्ने बाटोतर्फ अग्रसर भएका छन् । मुलुकलाई सुशासनसहितको सामाजिक न्याय, विकास र समृद्धिको बाटोमा लैजाने अठोटका साथ उनी राजनीतिमा होमिएका हुन् ।