१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरी घटना: मृत्युको कारण कोभिड–१९ सङ्क्रमण नभएको पुष्टि



अ+ अ-

महोत्तरी । महोत्तरीका बर्दिवास र भङ्गाहा नगरपालिकाका बस्तीमा १२ जनाको मृत्युको कारण कोभिड–१९ नभएको पुष्टि भएको छ । यही वैशाख ११ गतेदेखि आइतबारसम्म बर्दिवास–१२ र भङ्गाहा–६ र ७ मा मृत्यु भएका १२ मध्ये तीन जनाको कोभिड–१९ जाँच नेगेटिभ आएपछि जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले सबैको मृत्यु अन्य कारणबाट भएको जनाएको हो ।
तीन जनाको आरडिटी नतिजा नेगेटिभ आएपछि पिसीआर परीक्षण गरिएको हो । मृतकमध्ये भङ्गाहा–७ का सिकेन्द्र सिंह र सुकदेव महराको पिसीआर नतिजा पनि नेगेटिभ आइसकेको र आइतबार निधन भएका रुपनारायण सिंहको भने जाँच नतिजा आउन बाँकी रहेको सोमबार भङ्गाहा–७ मेघरोलमा आयोजित कार्यक्रममा कार्यालयका जनस्वास्थ्य निरीक्षक तथा कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्ति गिरेन्द्रकुमार झाले जानकारी दिए ।

बर्दिवास–१२ र भङ्गाहा–६ र ७ का जोडिएका बस्तीमा पछिल्ला ११ दिनभित्र १२ जनाको मृत्यु भएपछि गत शनिबारदेखि यहाँ स्वास्थ्य सेवा विभाग, विश्व स्वास्थ्य सङ्गठन, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका दक्ष चिकित्सक टोली घटनाको कारण खोज्न अनुसन्धानमा व्यस्त छन् । हालसम्मको  अध्ययन र अनुसन्धानबाट धेरैजसोको मृत्युको कारण विषाक्त मदिरा सेवन नै भएको स्वास्थ्य सेवा विभागका दक्ष चिकित्सक डा अमृत पोखरेलले जानकारी दिए । यद्यपि मृतकहरुको भिसेरा परीक्षणको नतिजा आएपछि यकिनसाथ भन्न सकिने डा पोखरेलसहितका चिकित्सक टोलीको सामूहिक भनाइ छ ।
 
“बस्तीमा दिनहुँजसो भटाभट मान्छे मरिरहेपछि कोरोना हो कि भन्ने त्रास व्याप्त थियो”, अनुसन्धान टोलीमा संलग्न बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक डा खेम शर्माले भने, “त्यो त्रास भने अब हटेको छ, मृत्युको कारण अनियन्त्रित मदिरा सेवनसँगै जोडिएको देखिन्छ ।” दुई नगरपालिकाका एकअर्कोसँग जोडिएका बस्तीमा यस अवधिमा मृत्यु भएकामध्ये भङ्गाहा–७ का सात, भङ्गाहा–६ का एक र बर्दिवास–१२ का चार जना छन् । मृतकमध्ये एक महिला र अन्य सबै पुरुष छन् ।
 

सोमबार प्रभावित बस्ती पुग्नुभएका प्रदेश नं २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादव र सामाजिक विकासमन्त्री नवलकिशोर साहले मृतक परिवारका आश्रित बालबालिकाको शिक्षादीक्षा र अति आवश्यकीय गर्जो टार्न प्रतिपरिवार रु एक लाख राहत प्रदेश सरकारले उपलब्ध गराउने घोषणा गर्नुभयो । प्रदेशमा अब अवैध मदिराभट्टी पूर्णरूपले बन्द गर्न आवश्यक सबै तयारी गरिने मन्त्री यादवको भनाइ छ ।