६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

लकडाउनको आज ४३ दिन ! अब लम्ब्याउने कि खुकुलो पार्ने ?

लकडाउनको आज ४३ दिन ! अब लम्ब्याउने कि खुकुलो पार्ने ?
अ+ अ-

काठमाडौं । समग्र देशबासी नै लकडाउनमा बसेको आज मंगलबार ४३ दिन भयो । देशैभरिका लागि पर्सी २५ गतसम्मका लागि सरकारले लकडाउन घोषणा गरेको थियो । अब दुई दिनपछि के होला भन्ने उत्सुकतामा छन् देशबासी । राजधानी काठमाडौं उपत्यकाका बासिन्दा पनि यो करिब डेढ महिना बडो ब्याकुल अवस्थामा घरमै बसेका छन् । केही अत्यावश्यकताका बाहेक न कार्यालय खुलेका छन् र नत सवारी साधनहरु नै चल्न पाएका छन् । यसबीचमा सरकारले दुई दिनका लागि काठमाडौँ बाहिर जान दिने निर्णय गरेको थियो तर त्यो केही घन्टा नपुग्दै फिर्ता लियो । मजदुर बर्गको बिचल्ली छ । उनीहर शहर छोडेर गाउँ जान पाएका छैनन् । यसबीचमा केही स्थानीय जनप्रतिनिधिहरुले राजधानीमा रहेका आफ्नो क्षेत्रका नागरिकलाई गाउँसम्म जान चाहेमा जान दिने गरी गरेको निर्णय पनि केही दिन सञ्चालनमा आएपछि स्थानीय तहबाटै विरोध भयो र अहिले त्यति सञ्चालनमा छैन । यसैले गर्दा यस्तो बर्गका मानिस पनि राजधानीमै छन् । 

राजधानी काठमाडौं उपत्यकाका बासिन्दाका लागि अहिले त्यति खतरा जस्तो त देखिएको छैन तर बाहिरका समाचारहरुले भने त्रसिद बनाएको छ । किनभने जबजब लकडाउने खुल्ने बेला भयो तब ठूलो संख्यामा संक्रमितहरु देखिन थाल्छन् । पछि धादिङका एक पुरुष र सनसिटी अपार्टमेन्टमा बस्दै आएका आमा छोरामा संक्रमण भेटियो । उनीहरु निको भएर घर फर्किसकेपछि अहिले नयाँ संक्रमित नभेटिएको आज २३ दिन भएको छ राजधानीमा । यहाँका अस्पतालमा भएका संक्रमित पनि निको भएर घर फर्किसकेका छन् । 
विदेशबाट संक्रमण बोकेर मानिसहरु काठमाडौं आउने सम्भावना पनि छैन । अन्तराष्ट्रिय उडान चैत ९ गतेदेखि नै बन्द छन् । जेठ ३ गतेसम्म उडान खुल्ने सम्भावना पनि छैन । त्यसैले गर्दा पनि काठमाडौं उपत्यकामा लकडाउन खुकुलो नबनाउन सुझाउन थालेका छन् सर्वसाधारण तथा  जनस्वास्थ्य विज्ञहरु पनि । 
डा. समीरमणि दीक्षित भन्छन्, ‘अरु केही नगर्ने हो भने अर्को ६ हप्ता लकडाउन गरे पनि अवस्था त्यही रहन्छ । अनि कहिलेसम्म लकडाउन गर्ने ?’ उनले सरकारले राम्रोसँग धेरै जनामा परीक्षण गर्न नसकेको बताउँछन् । गएको ४३ दिन लामो लकडाउनका कारण व्यपाार व्यवसाय ठप्प भएको छ । दीर्घरोगीहरुको नियमित उपचार रोकिएको छ । खोप लगायतका स्वास्थ्य कार्यक्रमहरु प्रभावित भएका छन् । ज्याला मजदुरी गरेर खानेहरु समस्यामा परेका छन् ।
अब काठमाडौं उपत्यकाको लकडाउन मोडल परिर्वतन गर्नुपर्ने उनको राय छ । अहिले नै सार्वजनिक यातायात, स्कुल, सिनेमा हलजस्ता भिडभाड हुने क्षेत्र खुला गर्न सकिँदैन’ डा. दीक्षित भन्छन्, ‘तर कृषि उत्पादन, ढुवानी, साना पसल, निर्माण क्षेत्रहरुलाई क्रमशः खुला गर्न सकिन्छ ।’
सोमबारै उपत्यकाका नगरपालिकाको छाता संगठन ‘उपत्यका नगरपालिका फोरम’का पदाधिकारीले कोभिड १९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर लकडाउन खुकुलो बनाउन माग गरेका छन् । नेता र मन्त्रीहरुले मानिसलाई काठमाडौं बाहिर पठाउने र बाहिर रहेकाहरुलाई ल्याउने गरेर लकडाउनको सिद्धान्त तोडेको उनीहरुको गुनासो थियो । अहिले पनि लुकिछिपी उपत्यका प्रवेश गर्ने क्रम नरोकिएको पनि उनीहरुले बताए ।

आज के गर्दैछ सरकार ? 
तर विज्ञहरुको यो सुझावका बाबजुत पनि सरकारले भने लकडाउन बढाउने कोशिसमा छ । यसको संकेत प्रधानमन्त्रीले केही दिन अघि दिएका छन् । उनले अहिले नै लकडाउन खोल्दा समस्या हुनसक्ने बताएका थिए । तर सरकार भने बडो दुविधामा देखिन्छ । उसको काम गराई मिलेको छैन । सरकारले न कोरोना भाइरसको परीक्षणको दर बढाएर उपत्यकालाई सुुरक्षित क्षेत्र घोषणा गर्न सक्छ, न लकडाउनलाई कडाईपूर्वक लागू नै गर्न सक्छ । 
त्यस्तै उपत्यका बाहिरबाट मानिसहरु आउने क्रम पनि पूर्णरुपमा रोकिएको छैन । झन सरकारले २६ वैशाखबाट संसदको अधिवेशन बोलाएको छ भने निजी स्कुलहरुले २६ गतेबाट कक्षा १ देखि ९ सम्मको नतिजा सार्वजनिक गरेर भर्ना खुला गर्न लागेकाले राजधानी छाडेर गएकाहरुलाई आउन भनेका छन् । यसबाट कोरोनामा काठमाडौं उपत्यका सुरक्षित देखिर आउनेहरु पनि छन् । तर सरकारले यस विषयमा आज नै निर्णय गर्ने भनेको छ । आज उच्चस्तरीय समितिले के गर्ने भन्ने मोडालिटी प्रधानमन्त्रीलाई दिने र प्रधानमन्त्रीले पनि सो समितिसँग परामर्श गर्ने बताएका छन् ।