९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

मानिसको बुझाईमा विकासको वाधक वन मन्त्रालय भयोः सांसद महतो

मानिसको बुझाईमा विकासको वाधक वन मन्त्रालय भयोः सांसद महतो
अ अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रकुमार महतोले आम मानिसको बुझाईमा विकासको वाधक वन मन्त्रालय रहेको भन्ने परेको बताउनुभएको छ ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आईतवार बसेको बैठकमा भएको हाईड्रोपावरहरुको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको वातावरणीय व्यवस्थापन योजना परिमार्जन (ईएमपी अपडेट) गर्ने विषयमा देखिएका समस्या सम्बन्धी छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले वन मन्त्रालयमाथी परेको यो भ्रमलाई चिर्न सक्नुपर्ने बताउनु भयो । नेपाललाई समृद्ध बनाउन पछिल्लो समय हाईड्रोपावरमा लगानी बढाउने क्रम बढेको उल्लेख गर्दै उहाँले त्यसमा वन मन्त्रालयले सहज गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो ‘नेपालमा अहिले समृद्ध नेपाल बनाउने भनेर अहिले हाईड्रोपावरमा जोड दिईरहेका छौँ । किनभने भारत र बंगलादेश किन्ने भएको हुनाले अलिकति हामीले हाईड्रोलाई बेच्न पनि सक्छौँ र त्यसबाट आम्दानी लिन पनि सक्छौँ भनेर जहाँ गएपनि हाईड्रो पावर बनाउने, बन्नुपर्छ भनेर हामी कुरा गर्छौ । तर अहिलेको आम मानिसको बुझाईमा के छ भने विकासको बाधक, नेपाल समृद्धि वन मन्त्रालय हुन्जेलसम्म नेपालमा कुनै पनि समृद्धि हुँदैन भन्ने कुरा चाहीँ आम मानिसको बुझाईमा आईसकेको छ । यो कुरालाई हामीले चिर्न सक्नुपर्छ नत्र भने झन आक्रोश चाँही बढ्दै गईरहेको मैले बुझेको छु ।’

उहाँले हाल धेरै लगानी भएका, लाईसेन्स पाइसकेर काम अगाडी बढेका जलविद्युत आयोजनाका कामहरु रोकिएको अवस्थामा रहेको बताउनुभयो । वन मन्त्रालयले यसमा केही सहज गरिदिन खोजे एनजिओ, आईएनजिओ मार्फत जनजिवन धानिरहेकाहरुले मुद्दा हाल्दिने चलन रहेको पनि उहाँको आरोप छ । मुद्दा परेपछि वन मन्त्रालयले पनि काम ठप्प पारेर बस्ने उहाँले बताउनु भयो ।