१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो ?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुन र चाँदीको मूल्ये नयाँ रेकर्ड बनाएको छ ।

शुक्रबार प्रतितोला २ लाख नाघेको सुन आतबार थप महँगिएको हो । आज सुन सुन प्रतितोला ३ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै, छापावाला सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ पुगेको छ । जुन, हालसम्मकै उच्च मूल्य हो । शुक्रबार उक्त सुन प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । आज चाँदी प्रतितोला ६५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ४२५ रुपैयाँ पुगेको छ ।