१९ मंसिर २०८२, शुक्रबार
,
Latest
२३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही–३ मा रास्वपाका आकांक्षीले ११ बजे सभापति रविलाई भेट्ने



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)का आकांक्षाहरूले आज पार्टी सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् ।

रास्वपाले आज आधिकारिक उम्मेदवार घोषणा गर्दै छ । रास्वपामा ९ जना आकांक्षी छन् । उनीहरुले आधिकारिक उम्मेदवार घोषणा गर्नुअघि ११ बजे नख्खु कारागार पुगेर सभापति लामिछानेलाई भेट्न लागेका हुन् ।

लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

रास्वपाले आकांक्षीहरू मध्येबाट एक जना उम्मेदवार आज घोषणा गर्दै छ । रास्वपाले दिउँसो साढे १ बजे सचिवालय बैठक बोलाएको छ । बैठक लगत्तै उम्मेदवार घोषणा गर्ने तयारी रास्वपाको छ ।

साढे एक बजेपछि उम्मेदवार घोषणा हुने भएकोले आकांक्षीहरु त्यसअघि नै सभापति लामिछानेलाई भेट्न जाने रास्वपा स्रोतले जनाएको छ ।

रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार बन्न ९ जना आकांक्षी रहेका छन् । पार्टीले ७ देखि २१ साउनसम्म उम्मेदवार बन्न आवदेन माग गरेकोमा ९ जना छनोट भएका थिए ।

छनोट भएका आकांक्षीहरुमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही–३ का क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट हालै मात्र फर्किएका बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, कोटहीमाईका जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम कुमारी अग्रवाल छन् । कुसुम, मधु, सुलभ र जितबहादुरबाहेक ५ जना भैरहवाका हुन् ।