७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

‘रासायनिक मल उद्योग सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिनुपर्छ’

‘रासायनिक मल उद्योग सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिनुपर्छ’
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी शनिबार नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीले भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिर : रबिन्द्र प्रताप गुप्ता/रासस
अ+ अ-

रुपन्देही। कृषि तथा पशु विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा रासायनिक मल उद्योग (कारखाना) सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले आफू मन्त्री बनिसकेपछि पटकपटक मन्त्रिपरिषद्मा यो विषय राखेको बताउनुभयो । उहाँले रासायनिक मल उद्योग सञ्चालन गर्ने जिम्मेवारी राज्यले लिने विषयमा आवश्यक छलफल भइरहेको जानकारी दिनुभयो ।

“नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्नका लागि कहाँ सम्भावना छ, अहिले त्यसको लगानी बोर्डले अनुसन्धान गरिरहेको छ”, मन्त्री अधिकारीले भन्नुभयो, “मलाई लाग्छ बढीमा दुई महिनामा लगानी बोर्डको निर्णय आउँछ ।” उहाँले आफू केही सकारात्मक परिवर्तन ल्याउनुपर्छ भनेर लागिपरेको बताउँदै मल व्यवस्थापन शीघ्र गरिने जनाउनुभयो ।

मन्त्री अधिकारीले गत वर्ष रु २७ अर्ब बजेट मलखादका लागि छुट्याइएकामा यस वर्ष त्यसलाई बढाएर करिब रु २९ अर्ब पुर्याइएको जानकारी दिनुभयो । “वर्तमान समयमा १३ लाख टन मलको आवश्यकता छ । तर, हाम्रो बजेटले करिब साढे चार लाख टन धान्न सक्छ । चारको सट्टा आठ पुर्याउन सकियो भने पर्याप्त दिन नसके पनि अहिलेको तुलनामा केही बढी हुन्छ”, उहाँले भन्नुभयो ।

पूर्वदेखि पश्चिमसम्म पुग्दा पर्याप्त मल पाएनौँ भन्ने एउटै गुनासो आइरहेको बताउँदै मन्त्री अधिकारीले समस्या समाधानमा सरकार प्रयासरत रहेको उल्लेख गर्नुभयो । फरक प्रसङ्गमा उहाँले रुपन्देही क्षेत्र नं ३ मा हुन लागेको उपनिर्वाचनमा नेपाली कांग्रेसले जित्नैपर्ने धारणा राख्नुभयो ।
रासस