२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिपूर्ण समाज निर्माणमा सबै लागौँ: मुख्यमन्त्री बानियाँ



अ+ अ-

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समाजमा द्वन्द्व र हिंसाको अन्त्य गरी शान्तिपूर्ण समाज निर्माणमा सबै लाग्नुपर्ने बताउनुभएको छ ।

हेटौंड  उपमहानगरपालिका–१४ लक्ष्मीचौकस्थित साङ्गदो पाल्की गुम्बा र गण खड्केश्वर मन्दिरको आज शिलान्यास गर्दै उहाँले भगवान् बुद्धको शान्ति र अहिंसाको सन्देशलाई मनन गर्दै शान्तिपूर्ण समाज निर्माणमा लाग्न सबैसँग आग्रह गर्नुभयो ।

धर्म, संस्कृति र सम्पदाको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले धर्म व्यक्तिको आस्थाको विषय भएकाले सबैले आफ्नो संस्कृतिअनुसार शान्तिपूर्वक मान्नुपर्ने बताउनुभयो ।

उहाँले सामाजिक सद्भाव र विकासमा राजनीतिक आस्थाभन्दा माथि उठेर सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री बानियाँले चुनाव हारजितको खेल भएकाले समाजिक सद्भाव र विकासमा यसको छायाँ पर्न दिन नहुने जिकिर गर्नुभयो ।

“चुनावका बेला फरक फरक विचार, फरक झन्डा र चुनावबाट जनतामा गए पनि चुनाव सकिएपछि सबै एकजुट भएर विकास र समृद्धिको यात्रामा जुट्नुपर्छ”, उहाँले भन्नुभयो,“सबै राजनीतिक दलको साझा ‘एजेन्डा’ विकास र समृद्धि भएकाले यसलाई मूर्तरुप दिन सबै एकजुट भएर लागौँ ।” रासस




भर्खरै