२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिपूर्ण समाज निर्माणमा सबै लागौँ: मुख्यमन्त्री बानियाँ



अ+ अ-

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समाजमा द्वन्द्व र हिंसाको अन्त्य गरी शान्तिपूर्ण समाज निर्माणमा सबै लाग्नुपर्ने बताउनुभएको छ ।

हेटौंड  उपमहानगरपालिका–१४ लक्ष्मीचौकस्थित साङ्गदो पाल्की गुम्बा र गण खड्केश्वर मन्दिरको आज शिलान्यास गर्दै उहाँले भगवान् बुद्धको शान्ति र अहिंसाको सन्देशलाई मनन गर्दै शान्तिपूर्ण समाज निर्माणमा लाग्न सबैसँग आग्रह गर्नुभयो ।

धर्म, संस्कृति र सम्पदाको संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले धर्म व्यक्तिको आस्थाको विषय भएकाले सबैले आफ्नो संस्कृतिअनुसार शान्तिपूर्वक मान्नुपर्ने बताउनुभयो ।

उहाँले सामाजिक सद्भाव र विकासमा राजनीतिक आस्थाभन्दा माथि उठेर सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री बानियाँले चुनाव हारजितको खेल भएकाले समाजिक सद्भाव र विकासमा यसको छायाँ पर्न दिन नहुने जिकिर गर्नुभयो ।

“चुनावका बेला फरक फरक विचार, फरक झन्डा र चुनावबाट जनतामा गए पनि चुनाव सकिएपछि सबै एकजुट भएर विकास र समृद्धिको यात्रामा जुट्नुपर्छ”, उहाँले भन्नुभयो,“सबै राजनीतिक दलको साझा ‘एजेन्डा’ विकास र समृद्धि भएकाले यसलाई मूर्तरुप दिन सबै एकजुट भएर लागौँ ।” रासस