७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल

‘परिणाममुखी काममा प्रदेश सरकार केन्द्रित छ’

‘परिणाममुखी काममा प्रदेश सरकार केन्द्रित छ’
अ+ अ-

चितवन। बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकारले जनतालाई प्रत्यक्ष परिणाम दिने किसिमले काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

आज चितवन उद्योग सङ्घको ३४औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री बानियाँले सरकारद्वारा निर्धारित कार्ययोजनालाई कार्यान्वयन गर्दै प्रदेशलाई समृद्ध बनाइने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “गल्ती मानिसबाट हुन्छ, त्यसलाई सच्याउँदै अघि बढ्नुपर्छ । सत्य स्थापनाका लागि तथ्यमा आधारित योजना मात्र अघि सारिनेछ ।”

प्रदेश सरकारले ल्याउने नयाँ योजनामा उद्योगी तथा श्रमिकलाई आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउँदै मुख्यमन्त्री बानियाँले उद्योगी तथा व्यवसायीलाई गरी खाने अवसर सिर्जना गरी उहाँहरूको योगदानलाई महत्त्वका साथ कदर गरिने उल्लेख गर्नुभयो ।

बागमती प्रदेशको समग्र विकास गर्दै उद्योग क्षेत्रको प्रवर्द्धनका लागि ठोरीनाका सञ्चालनमा ल्याउनु, शक्तिखोर औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राख्नु अपरिहार्य रहेको मुख्यमन्त्री बानियाँले उल्लेख गर्नुभयो । यसलाई सरकारको कार्ययोजनामा प्रमुख विषयका रूपमा अघि सारिएको उहाँको भनाइ छ ।

सहकारी तथा गरिबी निवारणमन्त्री विनु रायमाझी पौडेलले महिला उद्योगीलाई व्यवसायमा संलग्न हुन आग्रह गर्दै कृषि र उद्योगलाई सरकारी योजनामा जोड्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य जगन्नाथ थपलिया, उत्तम जोशीलगायत जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो ।रासस