१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो त न तपाईँको हातमा थियो, न हाम्रो हातमा थियो कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योगको अवस्था कमजोर बनेको छ: अध्यक्ष यादव



अ+ अ-

जनकपुरधाम। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको शिक्षा, स्वास्थ्य, कृषि तथा उद्योगको अवस्था कमजोर बन्दै गएको बताउनुभएको छ ।

मधेसी स्वास्थ्यकर्मी फोरम नेपालको दोस्रो प्रदेश अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले स्वास्थ्य क्षेत्रको सुधारका साथै गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबैको सकारात्मक भूमिका जरुरी रहेको बताउनुभयो ।

अध्यक्ष यादवले चुरे विनाशका कारण विगतदेखि नै मुलुकको कृषि क्षेत्र सङ्कटमा पर्दै गए पनि हाल भूमि अध्यादेशको नाउँमा थप समस्या निम्तिने जोखिम बढेको दाबी गर्नुभयो ।

जसपा महासचिव एवं मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले भूमिसम्बन्धी अध्यादेश तराई मधेसका लागि ठीक नभएको भन्दै यसले मधेसमा जनसङ्ख््याको चापमा वृद्धि हुने दाबी गर्नुभयो ।

मधेस प्रदेशका आठ जिल्लाका प्रतिनिधि तथा पर्यवेक्षक गरी २५० जना स्वास्थ्यकर्मी सहभागी रहेको अधिवेशन भोलि सम्पन्न हुनेछ । रासस