९ आश्विन २०८१, बुधबार
,
Latest
अध्यागमनको ‘इमेज’ सुधार आवश्यकः गृहमन्त्री लेखक राष्ट्रिय एकताका लागि खेल र सांस्कृतिक क्षेत्रको भुमिका महत्वपूर्ण: अध्यक्ष दाहाल ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौं: मेयर महर्जन नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबी प्रक्षेपण ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्: महासचिव पोखरेल मधेस प्रदेश सरकारका सय दिने कार्य विवरण सार्वजनिक श्रीलंकाका नयाँ राष्ट्रपतिले संसद भंग गरे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमितको संख्या ८२ पुग्यो, कर्णाली प्रदेशमा पनि पिसिआर परीक्षण सुरु



अ+ अ-

काठमाडौं । मंगलबार नेपालगञ्जमा थप ७ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै संक्रमितको संख्या ८२ पुगेको छ ।

भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको परीक्षणमा ९ वर्षिया बालिका सहित ७ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ वर्षिया बालिकासहित ३२, ३४ र ५५ वर्षिया महिलाहरुमा संक्रमण पोजेटिभ देखिएको हो । यसैगरी २२, ३० र ४० वर्षका पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । सबैभन्दा बढी प्रदेश नम्बर १ मा ३१ जना संक्रमित रहेका छन् । कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन् ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता देवकोटाले अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ८ सय ५० जनाको परीक्षण भएको बताउनुभयो । यसैगरी आरडिटी विधिबाट ५२ हजार २ सय २७ जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय ८२ वटा परीक्षण भएका छन् । प्रदेश १ मा ६ हजार १ सय २२, प्रदेश नम्बर २ मा ५ हजार ७ सय ७८, बागमती प्रदेशमा ८ जार ९ सय ४० र गण्डकी प्रदेशमा ६ हजार ७४ जनाको आरडिटी परीक्षण भएको छ । 

यस्तै प्रदेश नम्बर ५ मा ५ हजार १ सय ९३, कर्णाली प्रदेशमा ५ हजार ८ सय ७६ र सुदूरपश्चिम प्रदेशमा १४ हजार २ सय ४४ जनाको परीक्षण भएको उहाँले बताउनुभयो । अहिले क्वारेन्टाइनमा २१ हजार ९९ जना रहेका छन् । उपत्यकामा २ र बाहिर १ सय १८ गरी १ सय २० जना क्वारेन्टाइनमा रहेका छन् । कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पनि पिसिआर परीक्षण सुरु भएको छ । योसँगै नेपालमा १८ प्रयोगशालाबाट पिसिआर विधिबाट नमुना परीक्षण सुरु भएको छ ।