९ आश्विन २०८१, बुधबार
,
Latest
विश्वका पाँच अनौठो जेलः कुनैमा कैदी राजाजस्तै बस्छन्, कतिपयमा कोठा किन्नु पर्ने इरानबाट मेरो जीवन ‘ठूलो खतरा’ मा छ– ट्रम्प पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा आज फैसला आउला ? साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल मलयालम अभिनेता सिद्दिकीविरुद्ध पक्राउ पुर्जी जारी सुनको मूल्यले १ लाख ६० हजार नाघ्यो मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुन: सञ्चालन बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर?
तपाईं के खोज्दै हुनुहुन्छ ?

निको भएका दुई जनामा फेरि देखियो कोरोना पोजेटिभ



अ+ अ-

काठमाडौं । कारोना भाइरस निको भएर घर फर्किएका दुई जनामा पुनः संक्रमण देखिएको समाचार छ । रौतहटका एक युवक र भारतीय जमातीमा पुनः कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ । यसअघि उनीहरु अस्पताल बसेर निको भई घर फर्किएका थिए । वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन जना जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै अर्का एकजना पनि नारायणी अस्पतालमा दुई साता लामो उपचारपछि घर फर्किएका थिए । उनीहरुलाई १४ गते डिस्चार्ज गरिएको थियो । तीन पटक गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले यसअघि नै बतएको थियो । तर स्वास्थ्यमा समस्या देखिएको भन्दै दुबै जना दुई दिनअघि फेरि अस्पताल पुगेका थिए । उनीहरुलाई पुनः भर्ना गरिएको बताइएको छ । हाल आइसोलेनमा रहेका दुबैको कोराना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।