२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता



अ+ अ-

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल यही भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा भाग लिई स्वदेश फर्कनुभएको छ ।

प्रधानसेनापति सिग्देल शुक्रबार राति स्वदेश फर्कनुभएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

उहाँलाई बलाधिकृत रथी निर्मलकुमार थापाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।