२४ असार २०८३, बुधबार
,
Latest
औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु राहदानी सेवा दुई दिन बन्द हुने अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिमन्त्रीका छोरासहित कफी व्यवसायी महासंघको टोली किन गयो अस्ट्रेलिया ?



अ+ अ-

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीका छोरा विजयीसहितको कफी व्यवसायी महासंघको जम्बो टोली अस्ट्रेलिया पुगेको छ ।

कफी प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरमा लगानी खोज्ने भन्दै कृषिमन्त्री अधिकारीको छोरा विजयसहित महासंघको जम्बो टोली अस्ट्रेलिया पुगेको हो ।

भ्रमण टोलीमा पालुङ्टारका पूर्वनगरप्रमुख दीपक कँडेल, कफी व्यवसायी महासंघका अध्यक्ष ओम अधिकारी, महासचिव सन्तोष पोखरेल, बुटवलका कुकर क्याफेका सञ्चालक, भाइब्रेन्ट क्याफे र बुइङका हाउस, काठमाडौंका सञ्चालकसमेत रहेको बताइएको छ ।

कफी उत्पादनका लागि अन्तर्राष्ट्रिय रुपमा लगानी खोज्ने भन्दै झन्डै १० सदस्यीय टोली तीन वर्षे भिसा लगाएर अस्ट्रेलिया पुगेको हो ।

टोलीमा सहभागीमध्ये कतिपयसँग ठूलो रकम लिएको बताइएको छ । केही सदस्य उतै अवैधरुपमा बस्ने योजनामा रहेका छन् । मन्त्री अधिकारीका छोरा विजयसहित अस्ट्रेलिया पुगेको कफी व्यवसायी महासंघको टोलीमा रहेकामध्ये केहीलाई अवैध रुपमा उतै बसाल्ने गरी खर्चको जोहो गरेर लगिएको हो ।

यसको मुख्य हर्ताकर्ता कफी व्यवसायी महासंघका अध्यक्ष र महासचिव छन् । उनीहरुले भ्रमण टोलीमा रहेका अन्यसँग करोडौं रकम असुलेर त्यहाँ लगेको स्रोतको दाबी छ ।

तर कफी व्यवसायी महासंघका महासचिव सन्तोष पोखरेलले भने नेपालको कफी प्रवद्र्धनको उद्देश्यले ७ जना अस्ट्रेलिया आएको र कार्यक्रम सकेर शनिबार स्वदेश फर्कन लागेको बताएका छन् ।