२३ श्रावण २०८३, शनिबार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुगुमा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने सरकारको निर्णय



अ+ अ-

काठमाडौँ । मुगु— नेपाल सरकारले मुगु जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिकामा छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको छ ।

वन मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । मुगुमा बिस २०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज स्थापना भएको करिव ५० बर्ष पछि वन तथा वातावरण मन्त्री ऐनबहादु्र शाही ठकुरीको बिशेष पहलमा सरकारले दोश्रो छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरेको हो । उक्त राष्ट्रिय निकुञ्ज नेपालकै कान्छो निकुञ्जको रुपमा चिनिने भएको छ ।

डोल्पाको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्र करिव ९ सय ६ बर्गकिलोमिटर भू—भागलाई मात्र अलग गरेर छायाँनाथ राष्ट्रिय स्थापना निकुञ्ज स्थापना गरिएको छ । डोल्फु क्षेत्रका स्थानीयबासीलाई कामको लागि शे–फोक्सुन्डो राष्ट्रिय आउजाउ गर्न पैदल मार्ग बाट एक साता समय लाग्ने भएको स्थानीयको दुःख र पिडा बुझेर मन्त्री शाहीले छायाँनाथ राष्ट्रिय स्थापनाको पहल गर्नु भएको हो ।

उक्त राष्ट्रिय निकुञ्ज कार्मारोङ गाउँपालिकाको वडा।नं १ मा पर्ने गरेको छ । मुगुम कार्मारोङ गाउँपालिकाले पनि शे–फोक्सुन्डो राष्ट्रिय सित जोडिएको भु भागलाई छुटयाएर अलग निकुञ्ज बनाइदिन मन्त्री शाही संग माग गरेको थियो । यो निकुञ्ज संगै नेपालमा अब राष्ट्रिय निकुञ्जको सङ्ख्या १३ पुगेको छ ।