२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै पूर्वाधार विकासको प्रतीक्षामा दोमुख यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानबारे संसदमा बहस गर्न रास्वपा सांसद गौतमलाई काँग्रेस सांसद थिङको चुनौती



अ+ अ-

काठमाडौ । नेपाली काँग्रेसकी सांसद सुशिला थिङले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई संविधानबारे संसदमा बहस गर्न चुनौती दिनुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद थिङले यस्तो चुनौती दिनुभएको हो ।

सांसद गौतमले केही दिनअघि चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै संविधानबारे ज्ञान नभएकाहरु आफूलाई विधायिका भनेर घमण्ड गर्ने गरेको टिप्पणी गर्नुभएको थियो । सांसद थिङले संसदलाई बहिस्कार गरेर जाने नभई संसदभित्रै आवश्यक छलफल र बहस गरेर कसको ज्ञान कति भन्ने छिनोफानो गर्नुपर्ने टिप्पणी गर्नुभयो । उहाँलेसंसदबाहिर गएर सांसदहरुको अपमान गरेर बोल्ने अधिकार कसले दियो ? भन्दै सांसद गौतमलाई प्रश्न समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यस संविधानमा संसद बहिस्कार गरेर बाहिर जाने होइन । यँही बहस गरौं, छलफल गरौं । कसलाई संविधानसम्बन्धी कति ज्ञान रहेछ नापौं, जोखौँ, छिनोफानो गरौँ । सदनबाहिर गएर फ्याउरो जसरी कराएर सदनमा सांसदहरुको अपमान हुनेगरी बोल्ने अधिकार उहाँ (सोविता गौतम) लाई कसले दियो ? म उहाँलाई प्रश्न गर्न चाहन्छु ।’

उहाँले आफूहरु बैठक बहिस्कार गर्दै भत्ता बुझिरहेकाहरुले अरुलाई नैतिकताको पाठ सिकाउने कार्य सही नभएको तर्क पनि गर्नुभयो ।