६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

संक्रमितको ‘ट्राभल हिस्ट्री’ खोजिँदै

संक्रमितको ‘ट्राभल हिस्ट्री’ खोजिँदै
अ+ अ-

बाँके । बाँकेमा फेला परेका कोभिड –१९ संक्रमितको अझै पनि ‘ट्राभल हिस्ट्री’ खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना संक्रमणको शुरुको अवस्था पत्ता लगाउन मुश्किल भएको छ ।

कोरोना भाइरस संक्रमणको क्षेत्र नेपालगञ्ज उपमहानगरपालिका–८ जोल्हनपूर्वामा पहिलोपटक गत शुक्रबार मदरसा शिक्षक ६० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पोजेटिभ फेला परेपछि उनी बसोबास तथा आवतजावत गर्ने क्षेत्रमा बन्द गरेर स्थानीय बासिन्दाको स्वाब परीक्षण गर्दा सात वर्षका बालक तथा नौ वर्षकी बालिकासहित २२ जनामा पोजेटिभ देखिएको हो । 

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले ती पुरुषलाई पनि अरुबाट कोरोना सरेको हुन सक्ने बताउनुभयो । संक्रमितको ट्राभल हिस्ट्री पत्ता लगाउन नसकिएकाले संक्रमण कहाँदेखि फैलियो भन्ने थाहा पाउन मुश्किल भएको छ । पहिलो संक्रमित ६० वर्षीय पुरुष भारतका रुपैडिहा, नानपारालगायत ठाउँमा आवातजावात गरेको देखिए पनि टाढाको ‘ट्राभल हिस्ट्री’ नदेखिएकाले ती पुरुषलाई नै यकिनसाथ पहिलो केश भन्न नमिल्ने उहाँले बताउनुभयो । 

नेपालगञ्जमा पहिलो पटक फेला परेका संक्रमित ६० वर्षीय पुरुषको सम्पर्कमा आएका जोल्हनपूर्वास्थित मदरसा वरिपरिका बासिन्दा भएको बताइएको छ । पहिलो संक्रमितले जोल्हनपूर्वामा रहेको मदरसामा बालबालिकालाई पढाउने क्रममा सम्पर्क भएको हुन सक्ने अनुमान छ । 
स्वास्थ्यकर्मीले संक्रमितलाई पछ्याउँदै परीक्षण तीव्र बनाइरहेका छन् । यो संख्या अझै बढ्ने आकलन गरेर स्थानीय प्रशासनले नेपालगञ्जमा निषेधाज्ञा जारी गर्दै सुरक्षा व्यवस्था निकै कडा बनाएको छ ।  

कोरोना कहाँबाट र कसरी शुरु भएको भन्ने अहिलेसम्म पत्ता लाग्न नसकेको फोकल पर्सन श्रेष्ठ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामीले पहिलो केश नै पत्ता लगाउन सकिरहेका छैनौंँ, कोरोना संक्रमण ‘ट्राभल हिस्ट्री’ खोजिरहेका छौंँ । पहिलो संक्रमित व्यक्ति नै हो वा अरु कसैबाट उनीमा सरेको भन्नेबारे पत्ता लागिसकेको छैन ।”

भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपाल फर्किएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो । महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट झन्डै ६०० जना भागेका थिए । यी संक्रमित पनि भाग्नेमध्ये भएको प्रहरीले बताएको छ । यसबाट उनी थुप्रै व्यक्तिको सम्पर्कमा पुगेको र पछिल्ला २२ नयाँ संक्रमित पहिले फेला परेका व्यक्तिको संसर्गबाट  भएको बुझिएको छ । उनी आफ्नो निवास रहेको जोल्हनपूर्वाबाट दैनिक तीनचार पटक नमाजको अजान गर्न महेन्द्र पार्कस्थित धार्मिकस्थलमा पनि आउजाउ गर्थे । उनी मदरसाका शिक्षक भएकाले  उनको सम्पर्कमा आएका व्यक्तिको खोजी गरेर थप स्वाब संकलन र परीक्षण भइरहेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“यताको सम्बन्ध उता र उताको सम्बन्ध यता भएकामा संक्रमित भेटिएको भए पनि उनीहरु धेरै टाढा गएको देखिँदैन । फेला परेका संक्रमितमध्ये यो बीचमा रुपैडिहा वा नानपारा नगएको कोही पनि छैन ।”

स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठका अनुसार अहिलेसम्म पहिलो संक्रमितको ‘ट्राभल हिस्ट्री’ नै फेला परेको छैन भने अन्य संक्रमितको खोज्ने काम भइरहेको छ । उहाँका अनुसार संक्रमित रहेका क्षेत्रमा ‘कन्ट्रयाक्ट ट्रेसिङ्ग’को काम भइरहेको र यो सकेपछि थ्रोड स्वाब लिएर परीक्षणलाई तीव्रता दिइने छ । संक्रमित भेटिएको स्थानलाई पूर्णरुपमा बन्द गरेरै ‘कन्ट्रयाक्ट ट्रेसिङ्ग’ गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।