२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेको रङ्गभेदी अभिव्यक्तिप्रति सांसद यादवद्वारा खेद व्यक्त



अ+ अ-

काठमाडौ । नेपाली काँग्रेसकी सांसद नागिना यादवले आन्दोलनरत कवाड व्यवसायीहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले कवाड व्यवसायीहरु गत सोमवारदेखि नै सडक आन्दोलनमा रहेपनि सरकारले वार्तामार्फत उनीहरुका माग सम्बोधन नगरेकोप्रति आपत्ति जनाउनु भयो ।

सांसद यादवले काठमाडौं महानरपालिका प्रहरी प्रमुख एसएसपी राजु पाण्डले रङ्गभेदी भेदभाव गरेको भन्दै खेद समेत व्यक्त गर्नुभयो । उहाँले एसएसपी पाण्डेले गोरा मात्रै नेपाली हुन् काला होइनन् भनि दिएको अभिव्यक्ति निन्दनीय रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सोमवारदेखि कवाड व्यवसायीहरु सडकमा उत्रिएका छन् । आन्दोलित छन् । उहाँहरुलाई वार्तामा बोलाएर उहाँहरुको मागहरु पुरा गर्न किन पहल गरिएको छैन ? यो पहल गरिदिन हुन म सभामुखमार्फत सरकारलाई आग्रह गर्न चाहन्छु । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुखले नेपाली गोरा मात्रै हुन काला नेपाली होइनन् भनेर कवाडी व्यवसायीहरुलाई भनेको अभिव्यक्ति खेदजनक छ । रङ्गले नेपाली हुने होइन जन्मको आधारमा आफ्नो परिचयले नेपाली हुने हो । त्यसकारण काडमाडौं महानगरका प्रहरी प्रमुखले दिनुभएको अभिव्यक्ति निन्दनीय छ । यस्ता अभिव्यक्तिप्रति उहाँले माफि माग्नुपर्छ ।’

सो अभिव्यक्तिप्रति महानगर प्रहरी प्रमुख पाण्डेले माफी माग्नुपर्ने उहाँको माग छ ।