काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई आज सम्बोधन गर्नुहुने भएको छ ।
भोलि चीन जान लाग्नुभएका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे जानकारी दिन प्रतिनिधि सभालाई सम्बोधन गर्न लाग्नुभएको हो । प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा हुने भेटवार्ता र नेपाली भूमि लिपुलेकका विषयबारे संसद्लाई जानकारी दिनुहुने छ ।
सिंहदरबारमा हिजो प्रमुख दलका प्रमुख सचेतकसँग छलफलमा सभामुख देवराज घिमिरेले सदनमा प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराउनुभएको हो ।










