काठमाडौँ: सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङ लाई नियुक्त गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले खापुङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
खापुङ हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ ।










