१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनासँग जुध्दै विकासलाई तिब्रता दिन्छौं, बजेट अभाव हुन्न



अ+ अ-

काठमाडौं । लकडाउनका कारण रोकिएको काठमाडौं उपत्यकाका विभिन्न आयोजनाहरुको काम सुचारु हुने भएको छ । 

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उपत्यका भित्रका विभिन्न विकासे आयोजना सञ्चालनका लागि स्थानिय प्रशासनसँग अनुमति लिइएको जानकारी दिए । बुधबार चमति एकिकृत जग्गा एकिकरण  विकास आयोजनाको निरन्तरताका लागि निर्माण सामग्री आयात र सञ्चालनका लागि अनुमति पत्र हस्तान्तरण गर्दै मन्त्री मानन्धरले तोकिएको समय भित्र आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए । उक्त आयोजना २०५९ देखि सुरु भएपनि हालसम्म निर्माणाधिन अवस्थामै रहेपछि सरकारले चासो दिन थालेको हो । कार्यक्रममा चमति एकिकृत आयोजनाका ठेकेदार दावा लामाले तोकिएको मितिमै आयोजना समापन गर्ने प्रतिवद्वता जनाए । 

मन्त्री मानन्धरले लकडाउनका समयमा पनि सामाजिक दुरी कायम गर्दै विकास आयोजना सञ्चालन गर्नुको विकल्प नरहेको बताउँदै कोरोना महामारीसँग जुध्दै विकासलाई पनि निरन्तरता दिइने बताए । कोरोना महामारी नियन्त्रणका लागि सरकारले चालेका कदम सार्थक बनिरहेको बताउँदै मन्त्री मानन्धरले अब बिकासका गतिविधिलाई पनि तिब्रता दिइने बताए । मन्त्री मानन्धरले बेरोजगार बनेका श्रमिकहरुलाई काम दिन सकिए आर्थिक गतिविधि पनि चलायमान हुने बताए ।  आगामि आर्गिक वर्षको बजेटमा कोरोना भाइरसको प्रभाव देखिए पनि विकास आयोजनाहरुको बजेट व्यवस्थापनमा कुनै समस्या नहुने मन्त्री मानन्धरको तर्क छ । सहरी विकास मन्त्रालय मार्फत् आगामी वर्ष कम्तिमा एक लाख विपन्न परिवारको घरमा लगाइएको फुसको छानो विस्थापन गराइने मन्त्री मानन्धरले जानकारी दिए ।  मन्त्री मानन्धरले आगामी वर्ष कम्तिमा एक लाख फुस र खरको छानो हटाएर जस्तापाताको छानो राखिने जानकारी दिए । यस्तै १६५ वटै निर्वाचन क्षेत्रका सहरी क्षेत्रको स्तर उन्नतिका लागि चक्रपथको परिकल्पना गरिएको मन्त्री मानन्धरले जानकारी दिए । 

यस्तै उपत्यकालाई बाहिरी जिल्लाबाट घेर्नेगरी प्रस्तावित टोखा-छहरे सुरुङमार्गदेखि निर्माणाधिन नौविसे सुरुङमार्ग सम्म वैकल्पिक चक्रपथसहितको नयाँ सहर बनाउने तयारीमा मन्त्रालय रहेको छ । दुबै सुरुङ मार्गको मुखमा तथा फुट्रयाकको शुन्य विन्दुमा सुख्खा बन्दरगाह निर्माणबारे पनि छलफल चलिरहेको मन्त्री मानन्धरले जानकारी दिए ।   

सहरी विकास मन्त्रालयले बन्चरेडाँडा स्यानेटरी ल्याण्डफिल्डको कामलाई पनि निरन्तरता दिने भएको छ । त्यसका लागि आवश्यक सबै प्रवन्ध मिलाईएको छ । यस्तै बालाजु बाईपास क्षेत्रको सडकहरु विस्तारको कामलाई पनि तिब्रता दिईएको छ ।