६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

राष्ट्रिय परिचयपत्रको फारम भर्न भ्याइनभ्याइ

राष्ट्रिय परिचयपत्रको फारम भर्न भ्याइनभ्याइ
अ+ अ-

खोटाङ । जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीलाई बिहान १०:०० बजेदेखि लाइनमा राखेर ‘टोकन’ मार्फत फारम भराउने गरिएको छ । तर एउटा ठाउँ, एक जनामात्र कर्मचारी हुँदा राति अबेरसम्म पनि धेरै सेवाग्राही त्यसै फर्कन बाध्य छन् ।

वर्षात्को समय भएकाले सामाजिक सुरक्षाभत्ता बुझ्दै आएका वृद्धावृद्धालाई राष्ट्रिय परिचयपत्र भर्न गाउँबाट जिल्ला प्रशासनसम्म आइपुग्न समस्या भएको छ । प्रशासन आइसकेपछि तत्काल सेवा लिन नपाउँदा कोही प्रशासनको भुइँतला, कोही फलैँचा त कोही जिल्ला समन्वय समितिको पार्किङस्थलमा बसिरहेका भेटिन्छन् ।

आफन्त वा परिवारका अन्य सदस्यको साथ लिएर दैनिक १०० जनाभन्दा बढी जिल्ला प्रशासन आउने गरेका छन् । गाडी रिजर्भ गरेर आएका अधिकांश सेवाग्राहीले यस्तै सास्ती खेप्दै आएका छन् । पछिल्लो समय सामाजिक सुरक्षाभत्ता लिने लाभग्राहीको विवरण नवीकरण गर्न अनिवार्य वायोमेट्रिक्स गर्नुपर्ने नियम सरकारले लागू गरेपछि सबैभन्दा बढी उनीहरूलाई सास्ती भएको छ ।

प्रशासन कार्यालयमा सेवाग्राहीको चाप बढेपछि आफ्नो पालो कुरेर बस्न प्रशासनले प्यासेज ९आवतजात गर्ने ठाउँ०मा म्याट ९प्लाष्टिकको फर्म० बिच्छ्याइदिएको छ । म्याटमा बसेर पालो कुरिरहेका उनीहरू अधिकांशको एउटै गुनासो सुनिन्छ, “बल्लबल्ल जिल्ला प्रशासन कार्यालय आइपुगियो । फेरि यसरी पालो कुरेर कतिबेरसम्म बस्नु रु राज्यले उपलब्ध गराउने सुविधा लिन पनि यत्रो हैरानी खेप्नुपर्ने रु यस विषयमा सम्बन्धित निकायको ध्यान जाओस् ।”

कहिले स्टेशनमा जडान गरिएको सर्भरले काम नगर्ने त कहिले धेरै भीड भएर पालो कुर्नुपर्ने समस्याले सेवाग्राही हैरानीमा परेका छन् । अहिले सामाजिक सुरक्षाभत्ता लिइरहेका सेवाग्राहीलाई खाता खोल्न बैंकहरूले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि फारम भर्न आउने लाभग्राहीको सङ्ख्या बढेको पाइएको छ ।

राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनमा स्टेशन र जनशक्ति अभाव हुँदा सेवाग्राहीको फारम भर्न समस्या भएको जिल्ला प्रशासन कार्यालयमा सञ्चालित राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनका प्रमुख फनिन्द्र राईले बताउनुभयो । “दैनिक १०० जनाभन्दा बढी सेवाग्राही आउने गरेका छन् । पालैपालो सेवा दिँदै जाँदा वृद्धवृद्धा र अपाङ्गता भएका सेवाग्राहीले दु:ख पाइरहेका छन्”, उहाँले भन्नुभयो, “राष्ट्रिय परिचयपत्रको फारम भर्दा वायोमेट्रिक्स गर्न दश औँलाको प्रिन्ट, आँखाको रेटिनाको फोटोलगायत ‘डाटा’ समावेश गर्नुपर्ने हुन्छ । जनशक्ति पनि अभाव छ । एकजना व्यक्तिको विवरण भर्न कम्तीमा पनि १५ मिनेट लाग्छ । सर्भरले पनि राम्रो काम गर्दैन । यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको पाँचवटा वडाका सामाजिक सुरक्षाभत्ता लिने लाभग्राहीको बैंक परिवर्तन गर्नुपर्ने भएकाले थप समस्या सृजना भएको सामाजिक सुरक्षा तथा पञ्जीकरण एकाइका फिल्ड सहायक गम्भीर खत्रीले बताउनुभयो । बैंक परिवर्तन र वडामा घुम्ती टोलीमार्फत फारम भरिएका अधिकांश लाभग्राहीको राष्ट्रिय परिचयपत्र सिस्टममा ‘एप्रुभ’ नभएकाले समस्या सृजना भएको हो ।

दश स्थानीय तह रहेको जिल्लामा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय खोटाङबजारबाट राष्ट्रिय परिचयपत्रको फारम भर्ने गरिएको छ । इलाका प्रशासन कार्यालयले जन्तेढुङ्गा, खोटेहाङ र बराहापोखरी गाउँपालिकाका नागरिकको राष्ट्रिय परिचयपत्रको फारम भर्दै आएको छ ।

जिल्ला प्रशासन कार्यालय दिक्तेलमा भने बाँकी दुई नगरपालिका ९दिक्तेल रूपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका० तथा पाँच गाउँपालिकाको एकै स्टेशनबाट सेवा प्रवाह गर्दा सेवाग्राही मारमा परेका छन् । सेवा लिन आउनेको सङ्ख्या बढेपछि पालो नपाएका सेवाग्राही तीन दिनसम्म होटलमा बस्न बाध्य छन् ।

राष्ट्रिय परिचयपत्रका लागि फारम भर्न जिल्ला प्रशासन आएका सेवाग्राहीलाई राति अबेरसम्म खटिएर भए पनि सेवा उपलब्ध गराउने गरिएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिनुभयो । “अहिले सामाजिक सुरक्षाभत्ता लिने लाभाग्राही बढी भएकाले प्रशासनमा चाप बढेको छ । सेवाग्राहीको चाप बढेपछि स्टेशन थप गर्ने विषयमा विभागसँग समन्वय गर्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “अशक्त र अपाङ्गता भएका सेवाग्राहीलाई स्थानीय तहसँग समन्वय गरेर उपयुक्त ठाउँ पहिचान गरेर अस्थायी दर्ता केन्द्र सञ्चालन गर्ने योजना बनाएका छौँ । अबको केही दिनभित्रै गाउँगाउँमा टोली परिचालन गरेर सेवाग्राहीलाई उनीहरूकै गाउँमा सेवा उपलब्ध गराउँछौँ ।”

सामाजिक सुरक्षाभत्ता नवीकरणका लागि ‘वायोमेट्रिक भेरिफिकेसन’मा समेत राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य राख्नुपर्ने व्यवस्था लागू गरिएपछि लाभग्राही थप समस्यामा परेका छन् । विसं २०७७ साउन १ गतेबाट राष्ट्रिय परिचयपत्रको फारम भर्ने काम सुरु गरिएको जिल्लामा एक लाख २२ हजार २७५ नागरिकले राष्ट्रिय परिचयपत्रको फारम भरिसकेको तथ्याङ्कमा उल्लेख छ । रासस