१३ श्रावण २०८३, बुधबार
,
Latest
सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड, शिक्षामन्त्री पोखरेलद्वारा प्रधानाध्यापकसँग छलफल प्रभु बैंककी सिबिओ रश्मी पन्त बैंकिङ कसुर मुद्दामा पक्राउ, ४८ करोड कर्जा प्रकरणमा अनुसन्धान सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन संशोधन गर्न मानव अधिकार आयोगको सरकारलाई सिफारिस राष्ट्रपतिसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल स्थानीयको गुनासोपछि बञ्चरेडाँडाको फोहार व्यवस्थापनका समस्याबारे सञ्चारमन्त्री डा तिमिल्सिनाको चासो, तत्काल समाधान गर्न सम्बन्धित निकायलाई… स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण विभिन्न विधेयक संसद्मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति प्रधानमन्त्रीको निर्देशनपछि फुटवेयर क्षेत्रमा २० हजार रोजगारीको पहल सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार अभियोगमा मुद्दा दायर



अ+ अ-

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा कार्यालयको भवन निर्माणका क्रममा आर्थिक अनियमितता गरेको अभियोगमा जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतलगायत आठ जना र निर्माण कम्पनीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सो नगरपालिकले आर्थिक वर्ष २०८०÷८१ मा वडा नं ६, ९ र १० को वडा कार्यालय भवन निर्माण ठेक्का प्रक्रियामा सार्वजनिक खरिद कानुनविपरीत अनियमितता गरेको अभियोगमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इञ्जिनियर मोहन मल्ल, कानुन अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्रबहादुर कठायत र जिन्सी शाखा प्रमुख कृतिबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरु विरुद्ध आयोगले रु ३६ लाख २० हजार पाँच सय ७८ बराबरको बिगो माग दाबी गरेको छ । आयोगले सार्वजनिक खरिद कानुनविपरीतको गतिविधि गरेको अभियोगमा न्यू विके÷नहकुली जेभी तथा उक्त कम्पनीका सञ्चालक गङ्गाकुमारी खड्का र चित्रबहादुर बोहोरासँग समान बिगो माग गरेको छ ।




भर्खरै