१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल News Polar कांग्रेस हल्लाले होइन, त्याग र संघर्षले स्थापित भएको हो : राई

एमालेको विधान महाधिवेशनका लागि प्रश्तावित संशोधन प्रश्ताव ठिक छः महासचिव पोखरेल

एमालेको विधान महाधिवेशनका लागि प्रश्तावित संशोधन प्रश्ताव ठिक छः महासचिव पोखरेल
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको केन्द्रिय कमिटीले तयार पारेको दोस्रो विधान महाधिवेशनका लागि प्रश्तावित विधान संशोधन प्रश्ताव ठिक रहेको बताउनुभएको छ ।

बिहीवार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा पार्टीका विभिन्न जनवर्गीय संगठन र कमिटीहरुले बुझाएको सुझावलाई ग्रहण गर्दै उहाँले सञ्चारकर्मीमाझ सो दाबी गर्नुभएको हो ।

महासचिव पोखरेलले पार्टीको नवौं केन्द्रिय कमिटी बैठकले सुझावका लागि मातहतको कमिटीहरुलाई पठाएको सो प्रश्तावित संशोधन प्रश्ताव सैद्धान्तिक र आधारभुत दुवै रुपमा सही रहेको र त्यसमा सम्बन्धित पक्षले आफूहरुको हितमा केन्द्रित भएर सुझाव दिएको पनि जानकारी दिनुभयो । पार्टीका युवा, महिलालगायतका सम्बन्धित वर्ग र समुदायले आफूहरुको हितमा जोड दिएर सो प्रश्तावित विधान संशोधनका लागि रायहरु आएको पनि महासचिव पोखरेलको भनाई थियो ।

उहाँले भन्नुभयो, ‘पार्टीको दोस्रो विधान महाधिवेशनमा प्रश्तुत गरिने विधान संशोधन प्रश्ताव तयार गरेर मातहत कमिटीहरुमा छलफलका लागि पठाएको थियो ।  र त्यो छलफलबाट प्राप्त भएका सुझावहरु केन्द्रिय कार्यालयमा पठाउने क्रमको आज अन्तिम दिन बनाउन खोजिएको छ । त्यस अर्थमा आज देखिराख्नुभएको छ । आज संघसंघठन र पार्टी कमिटीहरुले आफ्नो तर्फबाट विधानको सन्दर्भमा सुझावहरु प्रस्तुत गर्ने काम गरिरहनु भएको छ । र, अधिकांश संगठनहरुले पार्टी केन्द्रिय कमिटीले तयार गरेको प्रश्ताव आधारभुत रुपमा र सैद्धान्तिक रुपमा ठिक रहेको र, आफ्नो समुदायको सन्दर्भमा र वर्गका सन्दर्भको बारेमा सरोकारका विषयहरुलाई सम्बोधन गरियोस् भन्ने कुरालाई जोड दिएको अवस्था छ । त्यस अर्थमा आफ्नो समूदायको हित र सरोकारका विषयमा केन्द्रित भएर सुझावहरु दिनुभएको छ । युवा संघले युवाहरुको प्रतिनिधित्वमा जोड दिएको छ । अनेमसंघले महिलाहरुको प्रतिनिधित्वमा जोड दिएको छ । यसै प्रकारले आफ्नो समुदायको हितको सन्दर्भमा जोड दिएर सुझावहरु दिनुभएको छ ।’

एमालेको सो विधान महाधिवेशन यही भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराईज हलमा हुँदैछ । महाधिवेशनमा प्रतिनिधि र आयोजक गरी कुल २ हजार ३ सय ७८ सहभागी हुने बताइएको छ । त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि ८ वटा उपसमिति बनाएर तयारीको कामलाई तिब्रता दिइएको एमालेले जनाएको छ ।