काठमाडौँ । शुक्रवार बस्ने प्रतिनिधि सभाको बैठकबाट भूमीसम्बन्धी विद्येयकलाई पारित गर्ने तयारी गरिएको छ ।
सभामुख देवराज घिमिरेले बिहीवार राजनीतिक दलका प्रमुख सचेतकहरुसँग भदौ महिनाभर सञ्चालन हुने बैठकका कार्यसूचि निर्धारण गर्न छलफल गर्नुभएको थियो । छलफलमा शुक्रवारको बैठकमा भूमीसम्बन्धी विधेययकलाई पारित गर्ने कार्यसूचि राखिएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।
उहाँले भूमीसम्बन्धी विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउने र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका रहेको जानकारी दिनुभयो । भदौ १८ र १९ गते बस्ने बैठकको पनि कार्यसूची तयार परिएको छ । प्रमुख सचेतक बर्तौलाकाअनुसार भदौ १८ गते नागरिकता सम्बन्धी विधेयक र राष्ट्रपति कार्यलयबाट फिर्ता भएको संवैधानिक परिषद्को काम कर्तव्य, अधिकार र कार्यविधिसँग सम्बन्धित विधेयक पारित गर्ने तयारी गरिएको छ । भदौ १७ गते राष्ट्रिय सभावाट सन्देशसहित संघिय निजामति विधेयक फिर्ता आएमा १८ गते टेबुल गर्ने र १९ गते पारित गर्ने तयारी गरिएको पनि एमाले प्रमुख सचेतक बर्तौलाले जानकारी दिनुभयो । त्यसपछि भदौ २५, २६ र २७ गते प्रतिनिधि सभाको बैठक बस्नेछ । भदौ २६ गते विद्यालय शिक्षा विधेयक पारित गर्नेगरी तयारी गरिएको बर्तौलाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘यो बैठकको विशेष गरी भोलीदेखि यो महिनाभरिको बैठकका कार्यसूची निर्धारणकै सन्दर्भमा हामी बढि केन्द्रित भयौँ । भोलीको बैठक १३ गते भुमीसम्बन्धी विधेयकलाई हामीले कार्यसुचिमा राख्नेछौँ र भोली त्यो विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउनेछौँ । पहिलो हामी यो महत्वपूर्ण कार्यसूचिमा केन्द्रित हुनेछौँ । भोलीको बैठकमा सम्माननीय प्रधानमन्त्रीले सम्बोधन गर्ने पनि कार्यतालिका रहेको छ । त्यसपछि १८ र १९ गते बैठक बस्नेछ । त्यो बीचमा बैठक रहने अवस्था छैन । १८ गते हामी सम्वभतः नागरिकता सम्बन्धी विधेययक पारित गर्छौं । त्यसैगरी संवैधानिक परिषद्को काम कर्तव्य अधिकार र कार्यविधिसँग सम्बन्धित राष्ट्रपति कार्यलयबाट फिर्ता भएको, त्यसलाई सभामै छलफल गरेर पारित गर्नेगरी कार्यसूचीमा राखेका छौँ । दुई वटा विधेयक १८ गते पारित गछौँ । यदी १७ गते बेलुका राष्ट्रिय सभाबाट सन्देशसहित संघिय निजामति विधेयक फिर्ता आए हामी १८ गते सन्देश टेबल गछौँ । र १९ गते निजामति विधेयक पनि पारित गर्छौं । त्यसपछि २५, २६ र २७ हाम्रो बैठक हुन्छ । र तीन दिनको बैठकमा अरु केही व्यवस्थापनसँग संम्बन्धित कामहरु गर्छौं र विशेष गरी शिक्षा विधेयक हामी २६ गते शिक्षा विधेयकलाई पारित गर्नेगरी लैजान्छौँ ।’
उहाँले भदौ महिनामा प्रतिनिधि सभाबाट संघियतासँग सम्बन्धित महत्वपूर्ण रहेका विधेयकहरु पारित हुने बताउनु भयो ।










