१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३८ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उच्च अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव १० अङ्कले ओरालो लागेर दुई हजार ७८१ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ७४ अङ्कले ओरालो लागेर ४७७ दशमलव ६८ मा सीमित भएको छ । आज कूल एक करोड ७८ लाख ९१ हजार ९१७ कित्ता शेयर रु आठ अर्ब नौ करोड ५६ लाख १० हजार ४४५ मूल्यमा खरिदबिक्री भएको छ ।

आजको कारोबारपछि शेयर बजारको कूल पुँजीकरण रु ४६ खर्ब ४७ अर्ब १८ करोड ५१ लाख ९९ हजार ५०८ बराबर पुगेको छ । कारोबारका आधारमा विकास हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी, थ्रिस्टार हाइड्रोपावर, एनएजी इन्स्योरेन्स कम्पनी र पिपल्स पावर कम्पनीका शेयरधनीले कमाएका छन् ।

यस्तै, ओरियण्टल होटल, लुम्बिनी विकास बैंक, साग्रिला डेभलपमेन्ट बैंक, सिकलेस हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्तका शेयरधनीले गुमाएका छन् ।