१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ? News Polar दशौं राष्ट्रिय खेलकुद सर्दैन, ढुक्क हुनुस् : मन्त्री पोखरेल

उखु किसान सबैभन्दा बढी अपहेलित भएका छन्ः उपेन्द्र यादव

उखु किसान सबैभन्दा बढी अपहेलित भएका छन्ः उपेन्द्र यादव
अ अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले उखु किसान सबैभन्दा बढी अपहेलित भएको बताउनुभएको छ ।

बिहीवार उखु किसानको आन्दोलनमा ऐक्यबेवद्धता जनाउन माईतीघर पुग्नुभएका अध्यक्ष यादवले यस्तो बताउनुभएको हो । उहाँले सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान तत्काल दिनुपर्ने बताउनु भयो । अन्नदाता किसानलाई नेपालमा राज्यले सबैभन्दा बढी उपेक्षा गरेको उहाँले आरोप लगाउनु भयो । किसानमा पनि उखु किसान अझ बढी पेलानमा परेका उहाँको भनाई छ ।

उहाँले किसानले उत्पादन गरेको उखु किनेर मिल सञ्चालक धनी हुने तर किसानले समयमा मूल्य नपाउने अवस्था रहेको बताउनु भयो । सरकारले उखु किसानलाई तत्काल रकम भुक्तानी गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले मिलमा पु¥याएको एक महिनाभित्र उखु किसानलाई मिलवालाले रकम भुक्तानी गर्ने व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले उखु किसानलाई दिनुपर्ने जुन अनुदान हो, त्यो दिनपर्दछ । र समग्र रुपमा हेर्दाखेरी किसान भनेको अन्नदाता हुन् । जसले अन्न उत्पादन गर्छन्, अरुलाई बचाउँछन् । संसारलाई पाल्छन् । तिनकैप्रति राज्यको कुनै नीति नै छैन । कुनै निति छैन, कुनै योजना छैन । न किसानहरुको उत्पादनको अधिकारका लागि न कुनै व्यवस्था नै छ । अहिले नेपालमा राज्यले सबैभन्दा बढी उपेक्षित गरेको क्षेत्र भनेको किसान हो । किसानमा पनि उखु किसान त झन सबभन्दा बढी अपहेलित भएको छ । तपाईहरुले उत्पादन गरेको उखु मिलमा जान्छ, त्यहाँबाट चिनि लगायतका उत्पादन हुन्छ । त्यो उत्पादन बेचेर व्यापारीहरुले प्रशस्त कमाईराखेको हुन्छ । त्यसैलाई उत्पादन गर्छ, त्यसैलाई बेच्छ, त्यसैबाट कमाईराखेको हुन्छ ।

यता किसानहरुलाई दिनुपर्नेमा समयमा न उचित मुल्य पाएको छ, न तोकेको रकम पाएको छ । वर्षौंसम्म किसानलाई पेलिराखेको हुन्छ । त्यसकारणले सरकारले एक÷दुई वटा काम अविलम्व गर्नुपर्छ । एउटा काम, दिनुपर्ने अनुदान तुरुन्त निकासा गर्ने, उखु किसानलाई उपलब्ध गराउने । दोस्रो के हो भन्दाखेरी, किसानले उखु मिलमा पु¥याएपछि निश्चित तोकेको १५ दिन, एक महिनाभित्र मिलले त्यसको भुक्तानी गर्नुपर्ने । नगरेमा उनीहरुले हर्जना र व्याज समेत सरकारले दिलाउनुपर्ने, त्यो पनि दिन सक्दैन भने कानुनी रुपमा कारबाही गर्ने र राज्यले किसानलाई उसको न्यायोचित मुल्य उपलब्ध गराउने कार्य जबसम्म हुँदैन र कृषि उत्पादनको लागी जबसम्म किसानले अनुदान पाउँदैन, सिँचाईँ, खाध लगायतका अन्य सुविधाहरु राज्यबाट पाउँदैन । अनि कृषि उत्पादन कसरी बढ्ने ? कृषि उत्पादन गरेर देश कसरी आत्मनिर्भर बनाउने ? गरिबी र बेरोजगारी कसरी हल हुने ? जबसम्म किसानहरुको समस्या हल हुँदैन, कृषि उत्पादन बढ्दैन ।’ 

उहाँले आवश्यक ऐन कानून बनाएर भएपनि किसानको माग पूरा गर्नुपर्नेमा जोड दिनुभयो । वर्तमान नीतिले किसान समस्यामा परेको, गरिबी, बेरोजगार बढेको उहाँको भनाई छ । उखु किसानले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध नगराएको भन्दै माईतीघरमा आन्दोलन गरिरहेका छन् । सरकारले उखु किसानलाई दिने अनुदानमा आधा कटौती गरेको छ ।