६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बेनी बजारमा रातो च्याउको माग बढी

बेनी बजारमा रातो च्याउको माग बढी
अ+ अ-

म्याग्दी । बेनी बजारमा रातो च्याउको खपत हुने भएकाले व्यवसायीले माग धन्न सकिरहेका छैनन् । रातो च्याउ स्वादिलो र पोषिलो हुने भएकाले पनि उपभोक्ताको रोजाइमा पर्ने गरेको हो ।

यही भदौ १० गते बेनी बजारमा रातोच्याउ बेच्न आउनुभएका रघुगङ्गा गाउँपालिका–८ कुइनेखानीका लगीन छन्त्यालको डोको ३० मिनेटमा रित्तियो । कुइनेमङ्गलेको जङगलबाट ल्याएको २० किलो रातोच्याउ बजारका उपभोक्ताले खोसाखोस गरेर किन्नु भएको उहाँले बताउनुभयो ।

“गाउँघरमा परम्परागत तरिकाले उपभोग गरिने रातो च्याउ सडक तथा यातायातको सुविधासँगै सहर, बजारमा पुग्न थालेको छ”, छन्त्यालले भन्नुभयो, “खोज्न सक्नुपर्‍यो च्याउ जति पनि बिक्री हुन्छ ।” उहाँका अनुसार समुन्द्री सतहबाट तीन हजार मिटर उचाइका जङ्गलमा खस्रु, हिमाली सल्ला, फलाट, दबदबे जातका सुकेका रूखमा बर्खायाममा आफैँ उम्रने रातोच्याउ तरकारीका रूपमा उपभोग हुन्छ ।

बेनीमा ताजा रातो च्याउ प्रतिकिलो रु एक हजारका दरले किनबेच भइरहेको छ । सुकुटी बनाइएको प्रतिकिलो रु चार हजारदेखि रु पाँच हजारसम्म पर्ने धवलागिरि गाउँपालिका–१ गुर्जाका भविन छन्त्यालले बताउनुभयो । सबैभन्दा बढी जङ्गली च्याउ टिपेर बजारमा बेच्ने गुर्जाका बासिन्दा हुन् । गुर्जाका बासिन्दाले च्याउ बेचेर वार्षिक रु दुई–तीन लाखसम्म आम्दानी गर्ने उहाँले जानकारी दिनुभयो ।

रातो च्याउ स्वादीलो र पोषिलो हुने भएकाले उपभोक्ताको रोजाइमा पर्ने बेनीकी होटल व्यवसायी नौलीमाया पुनले बताउनुभयो । रातो च्याउमा प्रोटिन र विभिन्न आवश्यक तत्व पाइने नेपाल कृषि अनुसन्धान परिषद्को रातो च्याउखेती प्रविधि पुस्तिकामा उल्लेख छ ।

रातो जङ्गली च्याउ उम्रिन निश्चित तापक्रम र आद्र्रता चाहिन्छ । मध्यजेठदेखि मध्यअसारसम्म र मध्यभदौदेखि असोजसम्म मात्र च्याउ टिप्ने उपयुक्त मौसम हो । म्याग्दीको गुर्जा, लुलाङ, मुदी, चिमखोला, मुना, कुइने, मङ्गले, घ्याँसीखर्क, राम्चे, घोडेपानीलगायत माथिल्लो भेगका बस्ती तथा जङ्गलमा रातोच्याउ व्यापारिक रूपमा सङ्कलन हुन्छ ।

“जङ्गलबाट टिपेको च्याउ छिट्टै बिग्रने भएकाले सङ्कलकहरूले टुक्रा पारेर घाममा सुकाउँछन् । घाम नलागेका बेला भने अँगेनाको माथि भार बनाइ भकारी राख्ने र त्यसैमाथि च्याउ राखेर ताप र धुवाँले सुकाउँछन्”, पुनले भन्नुभयो ।

डिभिजन वन कार्यालयका अनुसार म्याग्दीका जङ्गलबाट वार्षिक ३० क्विन्टल रातो च्याउ उत्पादन हुन्छ । जिल्ला बाहिर बिक्रीका लागि पठाउँदा च्याउमा वनले प्रतिकिलो रु १० का दरले राजस्व लिने गरेको छ । जिल्लाभित्र च्याउ सङ्कलन र बिक्रीका लागि अनुमति चाहिँदैन । सहर, बजारमा बस्ने लेकाली तरकारीको स्वाद नबिर्सेका उपभोक्ताले गाउँबाट रातो च्याउ किनेर लैजाने वा आफन्तमार्फत मगाउने व्यवसायी छन्तयालले बताउनुभयो ।

“रातो च्याउ टिप्न जोखिम र दुःख पनि छ । बस्तीबाट टाढाको जङ्गलमा वन्यजन्तुको आक्रमण हुने जोखिम हुन्छ, सुकेका अग्ला रूखमा उम्रेको च्याउ टिप्न ज्यान जोखिममा राखेर चढ्नु सजिलो छैन्् । रातो च्याउ सजिलै चिन्न सकिने भएकाले विषालु च्याउको जोखिम भने हुँदैन”, उहाँले भन्नुभयो ।