१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बदलिएको कांग्रेसले देश पनि बदल्छ भन्ने विश्वास लिएर महाधिवेशनबाट जानुपर्छ : गगन थापा News Polar देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा News Polar म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा News Polar संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा News Polar सरकार ढल्दैन, ढल्छ भन्नेहरू नै बेहोस भएर ढल्छन् : रवि लामिछाने News Polar देउवालाई छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु : रवि लामिछाने News Polar कांग्रेसको इतिहास नै उसको ठूलो राजनीतिक पुँजी हो : रवि लामिछाने News Polar रवि लामिछानेको व्यंग्य– ‘निष्ठा मात्रै पुँजी मानिएको भए म पनि कांग्रेस हुन्थेँ’ News Polar प्रचण्डको चेतावनी : देश, लोकतन्त्र र संविधान गम्भीर अप्ठेरोमा छ News Polar गगन थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरे, अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुस् : प्रचण्ड News Polar महाधिवेशन यात्राको सुरुवात हो, बलियो कांग्रेससहित अगाडि आउने छौँ : विश्वप्रकाश शर्मा News Polar कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान News Polar लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुन सक्छ, यसमा कांग्रेसकै नेतृत्व हो : राजेन्द्र लिङ्देन News Polar कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा गर्न फेरि सहकार्य गर्ने समय आएको छ : शंकर पोखरेल News Polar राजनीतिक दलहरूलाई लिङदेनको चेतावनीः ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’ News Polar ‘नियन्त्रित लोकतन्त्र नेपाली जनताको नियति हुन सक्दैन’ : शरतसिंह भण्डारी News Polar २० वर्षभित्र नेपाललाई विकसित देश बनाउने योजना बनाउनुपर्छ : भट्टराई News Polar गगनले देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी News Polar नियन्त्रित लोकतन्त्र नेपाली जनतालाई स्वीकार्य हुँदैन : शरतसिंह भण्डारी News Polar रेशम चौधरीको प्रश्न : गणतन्त्रसँगै हाम्रो पहिचान र धर्म किन साटियो ?

बाढी पहिराले देशभरका विभिन्न नौ सडकखण्ड पूर्ण अवरुद्ध: सडक विभाग

बाढी पहिराले देशभरका विभिन्न नौ सडकखण्ड पूर्ण अवरुद्ध: सडक विभाग
अ अ+ अ-

काठमाडौँ । अविरल वर्षाले देशभरका विभिन्न नौ सडकमा आवतजावत पूर्ण अवरुद्ध भएका छन् । सडक विभागद्वारा आज यहाँ सूचनाका अनुसार बाढी, पहिरोका कारण आज विभिन्न नौ सडक अवरुद्ध भएका छन् भने १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको सूचनामा उल्लेख छ ।

सूचना अनुसार मुलुकभरका ३७१ सडकखण्डमध्ये २११ सडकखण्ड पूर्ण खुलेका छन् । सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले बाढी, पहिरो, डुबानले सडकमा क्षति पुग्नु, सवारी साधन आवतजावतमा समस्या हुनु, पुल बगाउनु, पुल तथा सडक निर्माण, अन्य मर्मतकार्यलगायतका कारण सडक अवरुद्ध भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कतिपय स्थानमा अझै पनि बाढी, पहिरोका कारणमर्मत गरेर सडक सुचारु हुन सकेको छैन । कतिपय स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ ।”

विभागका अनुसार यही असार २४ गते हिमताल फुटेर चीनबाट आएको बाढीका कारण गल्छी,त्रिशुली–मैलुङ–स्यापुबेशी–रसुवागढी सडकखण्ड अझैसम्म पूर्णरूपक अवरुद्ध भएको छ । यसैगरी हुम्लाको पैमा नदीमा पानीको बहाव बढिरहेको कारण कर्णाली करिडोर दक्षिण खण्ड पनि पूर्णरूपक अवरुद्ध छ ।

पानीको बहाव बढिरहेको र पुल निर्माण भइरहेको कारण उत्तर–दक्षिण कोशी राजमार्ग पनि पूर्णरूपक अवरुद्ध भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यही साउन ६ गते बेलिब्रिज बाढीले बगाएका कारण तमोर करिडोरको चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक सडकखण्ड अवरुद्ध भएको विभागले जनाएको छ ।

तातोपानी–टिमुरेस्थित ठोरी–रसुवागढी सडक पनि पूर्णरूपक अवरुद्ध भएको र हाल पहिरो पन्छाउने काम भइरहेको विभागको भनाइ छ । विभागका अनुसार पश्चिम रुकुमको भेरी करिडोर अन्तर्गत छिन्चु–मरिम सडकखण्ड पनि पूर्णरूपक अवरुद्ध भएको र लेदो पहिरो पन्छाउने काम भइरहेको छ ।

“रोल्पाको सहिद राजमार्ग पनि पूर्ण रूपक अवरुद्ध छ । निरन्तरको वर्षापछि पहिरो खसिरहेकाले वर्षा रोकिएपछि मात्रै पहिरो पन्छाउने काम हुनेछ,” विभागको तथ्याङ्कमा उल्लेख छ, “दैलेखको सुर्खेत–तल्लो डुगेश्वर–जुम्ला सडकखण्ड समेत लगातार सुख्खा पहिरो खसिरहेकाले राति बाटो बन्द हुने र दिउँसो सुचारु हुने काम भइरहेको छ । यसैगरी अरनिको राजमार्गको सिन्धुपालचोकस्थित सडकखण्ड पूर्ण रूपक अवरुद्ध भएको छ ।”